spot_img

१२ वर्षमा पनि बन्न सकेन फाप्लुको वृद्धाश्रम, आर्थिक पारदर्शितामाथी प्रश्नै प्रश्न !

spot_img

सोलुखुम्बु । ‘१२ वर्षमा त खोला नै फर्कन्छ’ भन्ने नेपाली उखान छ, तर सोलुखुम्बुको फाप्लु यार्मादिङको वृद्धाश्रम सेवा सदन भने १२ वर्ष वितिसक्दा पनि बन्न सकेन । सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु यार्मादिङको जंगल विचमा वि.स. २०६७ सालमा निर्माण गरिएको हो वृद्धाश्रम सेवा सदन ।

Advertisement

वृद्धाश्रम भने वृद्धवृद्धाको हेरचाह गर्ने थलो हो । तर यो फाप्लुको जंगल विचमा बनेको वृद्धाश्रमको संरचनामा न त वृद्धवृद्धा नै छन् नत सञ्चालनमा नै आएको छ । .बृद्धाश्रममा ३ वटा एटेजसहितका कोठा छन् भने बाँकी सामान्य किसिमका कोठाहरु छन् । कसले केका लागि जंगलको बिचमा यो संरचना निर्माण ग¥यो स्थानीय यस विषयमा पनि बेखर नै छन् ।

Advertisement

स्थानीय छोङ्बा लामा शेर्पाले भने-‘यसबारे हामीलाई केही थाहा छैन, बृद्धाश्रम खोलिए पनि सञ्चालनमा आएको छैन । यो जंगलमा के गरेको हो, वर्षैविच्छे सरकारी बजेट चै आउँदो रहेछ, काम त्यति धेरै केही पनि भएको देखिदैन त्यो पैसा के गर्छ खै, यहाँ त मनपरी छ नि, भनेर साध्य नै छैन् ।’ लामो समयदेखि अलपत्र बनेको यो आश्रमको विषयमा पटक पटक गुनासो आईरहेका छन् ।

Advertisement

‘वृद्धाश्रमको नाममा लुटतन्त्र भईरहेको छ, अहिले सम्म राज्यको करोडौँ खर्च भईसकेको सुन्नमा आएको छ, यहाँ हामी स्थानीय हो, हामी कसैलाई पनि थाहा नदिई रकम आउछ, खर्च गर्छन् १२ वर्षदेखि नै यहि क्रम चलिरहेको छ, वृद्धाश्रमको नाममा कमाईखाने धन्दा जस्तै बनेको छ ।’ -स्थानीय कुल बहादुर घिमिरेले भने ।

वृद्धाश्रमको माथिल्लो भागबाट अहिले पहिरो नै गएको छ भने वर्षेनी कुनै न कुनै बहानामा सरकारी बजेट खर्च भईरहेको अर्का स्थानीय संगिता विकले गुनासो गरिन् । १२ वर्षको अवधिमा यस वृद्धाश्रममा राज्यको करोडौँ रुपैयाँ लगानी भएको छ । तर विडम्बना खर्च भएको उक्त बजेटको कुनै लेखाजोखा भने छैन् ।

बजेटको हिसाब किताब बारे वृद्धाश्रम सेवा सदनका समिति नै बेखबर छन् । बृद्धाश्रम सेवा सदन समितिका अध्यक्ष आङ ङिमा लामाले यसबारे केही बताउन चाहेनन् । उनले यो आश्रमका विषयमा अहिले आफुले केहि नबोल्ने भन्दै प्रश्नबाट पञ्छिदै फोन कटाए ।

अध्यक्ष जवाफबाट पञ्छिएपछि हामीले समितिका पदाधिकारी खोज्दै गयौँ । समितिको सचिवमा डेढ बर्ष देखि सल्लेरीका रमेशकुमार खड्का रहेछन् । उनले आफु सचिव भएपनि अध्यक्षको एक्लौटी निर्णयमा चल्ने भएकाले समितिसँग सल्लाह नै नहुने गरेको प्रतिक्रिया दिए । सचिव खड्काले भने – ‘सुन्नमा आए अनुसार अहिले सम्म ३/४ करोड जति खर्च भएको छ रे, तर त्यो विषयमा मलाई केहि जानकारी छैन् ।

अध्यक्ष आङ ङिमा दाईसँग पनि मेरो बेलाबेला यहि कुरामा डिस्कस भईरहन्छ, यत्रो रकम कहाँ कसरी खर्च भयो भनेर सोध्छु, तर उहाँ भन्नुहुन्न, आफ्नै हिसाबले चलेको छ, मलाई तिमि सचिव बस्दिनुप¥यो भने मैले हुन्छ नि त भने तर त्यो भन्दा बाँकी सबै उनीहरुले नै गर्छन् । म यसमा बेखबर नै छु ।

कहाँबाट कति बजेट आयो कसरी खर्च हुन्छ मलाई नभनेपछि म कसरी जान्छु र ? यसमा मेरो पनि विपत्ती छ ।’ वृद्धा आश्रमका लागि सोलुदुधकुण्ड नगरपालिकाले समेत चालु आर्थिक वर्षमा २० लाख बजेट बिनियोजन गरेको छ भने सहरी विकास कार्यालय ओखलढुंगाले १० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिकाको बजेटबाट शयनकक्ष, घेराबारको काम हुने जनाईएको छ तर अहिले सम्म काम भएको छैन ।

सहरी विकासको बजेट भने टेण्डर भईसकेको सुचना प्राप्त भएको छ । वृद्धाश्रमका लागि केहि वर्ष अघि पनि सोलुदुधकुण्ड नगरपालिकाले रकम विनियोजन गरेको बुझिएको छ भने प्रदेश सरकारबाट समेत बजेट छुटिएको स्थानीय बताउँछन् । वडा नम्बर ४ फाप्लुका वडाध्यक्ष युवास तामाङ यस आश्रमबारे आफुलाई पनि पुर्ण जानकारी नभएको बताउँछन् ।

अपारदर्शी भएको जनगुनासो धेरै भएपछि आफुले जिज्ञासा राख्दा विभिन्न क्षेत्रबाट बजेट आईरहेको बताएपनि अहिले सम्म प्रगति नदेखिएको तामाङको भनाई छ । सामान्य हिसाबमा भन्नु पर्दा बृद्धाश्रम सेवा सदन भनेको बृद्धबृद्धाको हेरचाह गर्ने ठाउँ हो । तर बृद्धबृद्धाको नाममा वर्षनी जसो बटेज विनियोजन भई काम नहुनु र अपारदर्शिताको ट्याग भिरेर समिति नै पञ्छिरहनुले गम्भीर आशंका उत्पन्न गरेको छ ।

जसका कारण सोझै अनियमिताको संकेत गरेको सरोकारवालाहरु बताउँछन् । १२ वर्षदेखि राज्यको करोडौ रकम खर्च भएपनि सिमित व्यक्ति एकलौटी हिसाबमा अघि बढ्दा राज्यको लगानी दुरुपयोग भएको स्थानीय बताउँछन् । यस विषयमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने देखिन्छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै