spot_img
spot_img

सगरमाथाको काखमा अचम्मको खुम्जुङ ग्रिन भ्याली !

spot_img

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखैमा अवस्थित खुम्बुङ ग्रिन भ्यालीले पर्यटकको ध्यान आकर्षित गरिरहेको छ । समुन्द्रि सतहबाट ३ हजार ८ सय ५० मिटरको उचाईमा रहेको यस गाउँ हेर्नकै लागि पनि कतिपय स्वदेशी तथा विदेशी पर्यटकहरु आकर्षित हुने गरेको छ ।

Advertisement

आ–आफ्नै ईच्छा र छनौट प्राथमिक्तामा पर्ने आजको युगमा पनि हिमाली भेगमा भने एक अभुतपुर्व एकता खेखिएको छ । त्यो सुन्दर हिमाली गाउँ हो खुम्जुङ । जहाँ सैयौँ घरमा एउटै रंगको छाना लगाउन सबै स्थानीय एक मत छन् । सबै काममा एकता देखाउने हिमाली आदिबासि शेर्पा समुदायले सिंगो गाउँकै छाना एउटै रंगको लाएर विश्व समुदायलाई चकित बनाएका छन् ।

हिमाल हेर्न आउने विश्व भरिका मान्छेको मन र क्यामेरा दुवैमा अनिवार्य कैद हुने गाउँ हो खुम्जुङ ग्रिन भ्याली । खुम्बु पासाङल्हमु गाउँ पालिका वडा नम्बर ४ मा रहेको यस हरित उपत्याका विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेकै वडामा पर्छ । गोकियो क्षेत्र हुँदै आधारशिविर जाने पर्यटक यही क्षेत्रबाट जाने गर्छन् ।

Advertisement

समुन्द्रि सतहबाट ३ हजार ८ सय ५० मिटरको उचाईमा रहेको यस गाउँबाट धेरै हिमालहरु नजिकबाट नियाल्न सकिन्छ । खुम्जुङका १ सय ८० घर र खुन्दे गाउँका करिब १ सय घरमा हरियो बाहेक अन्य कुनै रंगका जस्ता र छानो देख्न पाईदैन । जसका कारण पर्यटकहरु आर्कषित हुने गरेको स्थानीय अगुवा तेन्जिङटासी शेर्पाले बताए ।

१५ बर्ष अगाडी स्थानीय अगुवा र खुम्जुङयुवा क्लबको अग्रसरतामा शुरु गरिएको ग्रिन भ्यालि अभियानमा विभिन्न दातृ निकायले सहयोग गरेका थिए । यस क्षेत्रमा हरियो बोट विरुवाहरु हुर्किन नसक्ने भएकाले पनि गाउँलाई हरियाली बनाउन जस्तापातामा एकरुपता स्थानीयले रोजेको ख्युम्बिला मध्यवर्ति क्षेत्र उपभोक्ता समितिका अध्यक्ष छिमि छिरी शेर्पाको भनाई छ ।

स्थानीयलाई हरित उपत्यकाकै कारण ब्यापार प्रबद्र्धनमा पनि ठूलो टेवा पुगेको छ । हरित गाउँ हेर्नकै लागि विदेशी पर्यटक त्यहाँ पुग्ने भएकाले खुम्जुङमा होटल ब्यवशाय पनि फस्टाएको स्थानीय होटल ब्यवशायी मिङमार कान्छि शेर्पा बताउँछन् ।

नयाँ बन्ने घरले पनि अनिबार्य हरियो जस्ता प्रयोग गर्ने नियम स्थानीयले बनाएका छन् । यो नियम विपरित अन्य रंगको छाना प्रयोग गर्नेलाई मध्यवर्ती क्षेत्र विकास समितिको ब्यवस्थापनमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रको घाँस–दाउरा काट्न निषेध गरिएको छ भने स्थानीय पनि उत्साहित रुपमा एकताबद्ध भएर हरियो जस्ता प्रयोग गर्ने अभियानमा लागेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै