spot_img

ज्येष्ठ नागरिकलाई तिर्थयात्रामा लैजादै थुलुङ दुधकोशी सरकार

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई तिर्थ यात्रामा लैजाने भएको छ । ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन तथा तिर्थमा सहभागी गराउने उदेश्यका साथ पालिकाले चैत्र १६ गते खोटाङको हलेसी लैजाने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

Advertisement

गाउँपालिकाको ९ वटै वडाबाट ७ जनाका दरले ६३ जना ७० वर्ष नाघेका नागरिकहरुलाई यात्रामा लैजाने निर्णय गरिएको छ । यद्यपी भ्रमणमा जान चहाने जेष्ठ नागरिकहरु धेरै भएमा तोकिएको संख्यालाई बढाउन सकिने गाउँपालिका उपाध्यक्ष समेत रहेकी जेष्ठ नागरिक संरक्षण समन्वय समिति संयोजक सविता राईले बताइन् ।

Advertisement

ज्येष्ठ नागरिकको हेरचाह, उपचार तथा सहयोगका लागि भ्रमणमा स्वास्थ्यकर्मी, गाउँ प्रहरी, गाउँपालिकाका सहयोगी कर्मचारी लगायतको टोली सहभागी हुने उपाध्यक्ष राईको भनाई छ । मुक्लीबाट चैत्र १६ गतेबाट सुरु हुने भ्रमण १७ गते हलेसी भ्रमण गरेर सोही दिन फर्कने कार्यक्रम रहेको छ ।

Advertisement

जसका लागि मुटु सम्बन्धी समस्या नभएको, आँखा देख्न सक्ने तथा सामान्य हिड्डुल गर्न सक्ने इच्छुक ज्येष्ठ नागरिकको विवरण चैत्र १२ गते भित्र गाउँपालिकामा सिफारिस गर्न सबै वडा कार्यालयलाई निर्देशन गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै