सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय स्थापना गरिने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् भक्तपुरले शिक्षालय स्थापनाका लागि अनुमती दिएको सदस्य सचिव जीवनारायण काफ्ले जानकारी दिए ।
सोलखुम्बुबाट निर्वाचित संघिय सांसद हेमकुमार राई “सुरवीर” को मागको आधारमा नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय स्थापना गर्ने अनुमति प्राप्त भएको हो । शिक्षालय स्थापनाका लागि ३५ रोपनी जग्गाको आवश्यक पर्ने छ । आफ्नै भौतिक संरचना सहित शिक्षालय स्थापना हुने सांसद राईको सचिवालयले जनाएको छ ।
जिल्लाबाट हजारौ विद्यार्थी प्राविधिक शिक्षा तथा सिपमुलक तालिम लिनका लागि ठुलो रकम खर्चिएर बाहिर जानुपर्ने बाध्यतात्मक स्थिती रहेकाले यसको अन्त्यका लागि शिक्षालय स्थापना गर्न लागिएको सांसद राईले बताए ।