सोलुखुम्बुको गार्मा माविका विद्यार्थीले चराको अध्ययन गरेका छन् । जेठ २१ देखि २३ गते सम्म गार्मा क्षेत्रका विभिन्न जंगलमा पुगेर विद्यार्थीले चराको गणना गरेका हुन् ।
गार्मा क्षेत्रमा गार्मा मा.वि.का जीव विज्ञान शिक्षक तेन्जिङ शेर्पाको नेतृत्वमा ९ जना विद्यार्थीले चरणको चराको गरेका हुन् । बर्ड कन्जर्भेसन नेपाल द्वारा छिमेकी चरा मोबाइल एपको माध्यमबाट देशभर सन्चालन भएको कार्यक्रम गार्मा क्षेत्रमा गार्मा मा.वि.का जीव विज्ञानका विद्यार्थी पनि सहभागी बनेका हुन् ।
उनिहरुले ३० प्रजातिका १०० भन्दा बढि चराहरु मोबाएल एप मार्फत गणना गरेका छन् ।
![गार्मा माविका विद्यार्थीले गरे चराको अध्ययन 1 286039855 423232713002416 2448863033910480848 n](https://www.satyapress.com/wp-content/uploads/2022/06/286039855_423232713002416_2448863033910480848_n-576x1024.jpg)