सोलुखुम्बु एमालेका नेता एवं को माप्यदुधकोशी गाउँपालिका अध्यक्षको उम्मेदवार बुद्धिकिरण राइले माप्यदुधकोशी गाउँपालिका एमालेको किल्ला रहेको उद्घोष गरेका छन् ।
विहिबार माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ र १ का नागरिकहरुसंग अन्तरक्रिया गर्दै बुद्धिकिरण राईले माप्यदुधकोशी गाउँपालिकामा अबको तीन दशक कुनै पनि राजनीतिक दल उदाउन नसक्ने ठोकुवा गरेका हुन् ।
गएको ५ वर्षे कार्यकालमा गाउँपालिकामा एमालेले असाधारण विकासका काम गरेको बताउँदै राईले जनताले माप्यदुधकोशी गाउँपालिकामा एमाले पार्टी बाहेक अरुलाई नदेखेको दावी गरे ।यही बैशाख ३० गते हुने निर्वाचनमा एमालेलाई ८० प्रतिशत मत प्राप्त हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ र १ लाई सडक संजालले एक वर्षभित्रै जोडिसक्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । कार्यक्रममा संगै रहेकी उपाध्यक्षकी उम्मेदवार जुनीतामाया मगरले खुम्बु सम्मको सडक यात्रा सहज बनाउने, वडा नम्बर ७ को वडा कार्यालय सम्म जाने सडक देउराली हुदै जोड्ने, गुम्बा व्यवस्थापन गर्ने, क्लिनिक व्यवस्थापन गर्ने, खानेपानी व्यवस्थापन गर्ने आफुहरुको मूल लक्ष्य रहेको बताइन् ।