spot_img

सोलुमा श्रीमतीको हत्या

spot_img

सोलुखुम्बुमा एक पुरुषले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

Advertisement

जिल्लाको माप्यदुधकोशी गाउँपालिका ४ स्थित अन्दाजी ४० वर्षिय चन्द्र राईले अन्दाजी ३२ वर्षिय मनिला राईको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका चन्द्रले घरायसी विवाद हुँदा श्रीमती मनिलालाई खुकुरी प्रहार गरेका थिए ।

Advertisement

चन्द्रले मनिलाको दुवै हात काटेको, टाउको र गालामा खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । घटना बुधबार साँझ करिब ७ बजे भएको थियो ।

Advertisement

मृतकको शवको पोष्ठमार्टमकालागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी गरिएको प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । ढकालका अनुसार हत्यामा संलग्न श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै