spot_img

सोलुमा कर्नियल अन्धोपन र बाल अन्धोपन निवारण सम्बन्धि तालिम

spot_img

सोलखुुम्बु – जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा कर्नियल अन्धोपन र बाल अन्धोपन निवारण सम्बन्धि तालिम सुरु भएको छ । गैरसरकारी संस्था साईड लाईटको समन्वय, तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्रको आयेजना तथा सोलुदुधकुण्ड नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा नगरपालिका भित्रका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि कर्नियल अन्धोपन निवारण सम्बन्धि पुनर्ताजगी तालिम र बाल अन्धोपन निवारण सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

Advertisement


कार्यक्रमको सोमबार सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले उद्घाटन गरिन् । उद्घाटन पश्चात बोल्दै उनले अन्धोपना समस्या कम गर्नका लागि नगरपालिकाले आवश्यक काम गर्न तयार रहेको बताईन् ।

Advertisement


सोमबार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर वडा नम्बर १, २, ७ र ११ स्वयसेविका र स्वास्थ्य केन्द्रका प्रमुखलाई प्रशिक्षण गरिएको हो ।

Advertisement


मंगलबार बाँकी रहेका वडाका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य केन्द्र प्रमुखलाई पुर्नताजकी तालिम दिईन् छ । तालिम विज्ञ विमल पौडेल र डाक्टर मोहन कृष्ण श्रेष्ठले गरिरहेका छन् । हरेक ६–६ महिनामा यो प्रकारको तालिम सञ्चालन हूँदै आएको सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै