spot_img

सोलुदुधकुण्डको मेयरमा नाम्गेल र उपमेयरमा गान्धिमाया निर्वाचित

spot_img

सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा भारी मतान्तर सहित मेयरमा कांग्रेस जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा दोहोरिएका छन् । उनी नेकपा एमालेका उम्मेदवार आङकाजि शेर्पालाइ ५७८ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका हुन् ।

Advertisement

भर्खरै सम्पन्न मत परिणाम अनुसार मेयरमा काँग्रेस उम्मेदवार नाम्गेलजाङ्बुले ४९६८ मत ल्याउँदा एमाले उम्मेदवार आङकाजिले ४३९० मत मात्रै ल्याएका छन् ।

Advertisement

२०७४ को स्थानीय चुनावमा ८ स्थानीय तह रहेको यस जिल्लामा काँग्रेसले १ सय ४३ मतको अन्तरले मेयर मात्रै जितेकोमा यस पटक भने कांग्रेस जिल्ला सभापतिमा समेत निर्वाचित भएका शेर्पाले फराकिलो मतान्तरले चुनाव जितेका हुन् । त्यस्तै माओबादी केन्द्रका उम्मेदवार ङिमातेण्डुप शेर्पाले भने ११८७ मत ल्याएका छन् ।

Advertisement

उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार गान्धिमाया तामाङ विजयी भएकी छिन् । कांग्रेस महाधिबेशन प्रतिनिधि तथा १ नम्बर प्रदेश समिति सदस्य समेत रहेकी तामाङले ४६६७ मत ल्याएर जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार मोहनकुमारी कार्कीले ४०१७ मत पाएकी छिन् । त्यस्तै माओबादी केन्द्रकी उम्मेदवार शारदामाया तामाङ १०८९ मत मात्रैमा सिमित बनिन् ।

११ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडामा काँग्रेस, ४ वडामा नेकपा एमाले र एक वडामा माओबादी केन्द्रका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै