spot_img

वातावरण संरक्षणमा वडाध्यक्ष शेर्पाको चिन्ता, गार्मालाई प्लाष्टिक मुक्त घोषणा गर्ने योजना

spot_img

सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले प्लाष्टिक मुक्त वडा घोषणाका लागि विश्व वातावरण दिवसको दिनबाटै सरसफाई अभियानको थालनी गरेको छ ।

Advertisement
IMG 2f54df9357a99c0dd397c3adbca99d88 V

सफा वडा, स्वस्थ वडावासीको नारासहित वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वको टोलीले गार्मा सफाई अभियानको आईतबारबाट थालनी गरेका हुन् ।

Advertisement

वडाका जनप्रतिनिधिहरुको नेतृत्वमा आईतबार टोल टोलमा खटिएका विद्यार्थी र शिक्षकसहितको टोलीले काम नलाग्ने प्लाष्टिकहरु संकलन गरेका छन् ।

Advertisement

वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वमा वडासदस्य मिना खत्री, गार्मा मा.वि.का शिक्षक र कक्षा ५ देखि माथीका विद्यार्थीहरु गार्मा, तोजिङ र साल्मे क्षेत्रमा, वडा सदस्य भलाकाजी कार्कीको नेतृत्वमा स्थानीय शिक्षक र विद्यार्थीहरु च्याल्सा क्षेत्रमा, अर्का वडासदस्य विरबहादुर तामाङको नेतृत्वमा स्थानीय शिक्षक र विद्यार्थीहरु सेर्कासिङ क्षेत्रमा प्लाष्टिक संकलनका लागि खटेका थिए ।

IMG dda9c3417dd2cc3b7e1158066aa1e0b1 V

टोल/टोलमा पुगेका उनीहरुले चाउचाउ, विस्कुट जस्ता जंक फुडका प्लाष्टिक, विभिन्न पेयपदार्थकोे बोतल, प्लाष्टिक झोला लगायतका फोहोर संकलन गरेको वडाध्यक्ष शेर्पाले बताए ।

संकलित फोहोर नगरपालिकाको गाडी मार्फत डम्पिङ साईडमा पु¥याई डिस्पोज गरिने जनाइएको छ । यसका साथै आईतबारबाट गार्मालाई प्लाष्टिक मुक्त घोषणा अभियानको थालनी भएको वडाध्यक्ष शेर्पाले बताए ।

IMG b4a646368a3a9114dd29c8de4f83924c V 1

जनप्रतिनिधिको नेतृत्वको टोली अब समय समयमा फोहोर संकलनमा खटिने र प्लाष्टिकलाई विस्थापित गर्न प्रत्येक घरमा कपडाको झोला निशुल्क वितरण गर्ने उनले बताए ।

विशेष अभियान सञ्चालन पश्चात वडालाई आगामी आर्थिक बर्ष भित्रमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने अध्यक्ष शेर्पाले बताए ।

प्लाष्टिको बढ्दो प्रयोगका कारण वातावरण प्रदुषण हुनका साथै मानव स्वास्थ्यलाई समेत असर पु¥याउने भएकाले आफु प्लाष्टिक मुक्त गार्मा बनाउने अभियानमा लागेको शेर्पाको भनाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै