spot_img

यस्ता थिए डायनोसरकालीन समुद्री राक्षस

spot_img

यस्ता थिए डायनोसरकालीन स

Advertisement

डायनोसरकालीन समुद्रमा एक प्रकारको समुद्री राक्षस बस्दथ्यो । माछा आकारका घर्सेर हिड्ने सो समुद्री प्राणी साढे दुई करोड बर्षअघि ठूलो आकारमा बढेको र त्यसलाई समुद्री राक्षस भन्ने गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । सर्पजस्ता ती प्राणी चाँडो नै ठूला आकारमा बढेका थिए । छोटो समयमा नै अस्वाभाविक बढेका प्राणीलाई अनुसन्धानकर्ताहरुले साइमबोसपोन्डाइलस नाम दिएका छन् । 

Advertisement

ठूलो मुखाकृति र चिउँडो भएका ती राक्षस दुई करोड ४७ लाख वर्षअघि यो पृथ्वीमा अस्थित्वमा रहेको साइन्स जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । साढे ६ फुट लामो खोपडी भएको सो राक्षस ५५ फिट लामो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

Advertisement

४५ टन तौल भएको सो प्राणी उत्तर अमेरिकी तटको पश्चिमी क्षेत्रको एउटा महासागरमा बस्ने गरेको हुन सक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ । 

अनुसन्धान टोलीका वैज्ञानिक तथा अमेरिकाको क्यालिफोर्नियास्थित स्किृप्स कलेजका सहप्राध्यापक लार्स स्मित्जले भने, ‘ती प्राणी ह्वेलभन्दा पनि ठूला भएको अन्मान छ ।’ 
अध्ययन साइन्स म्यागेजिनमा प्रकाशित छ । 

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै