spot_img

माप्य दुधकोशीमा सामुदायिक वन सम्बन्धि दुई दिने तालिम सम्पन्न

spot_img

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा सामुदायिक वन उपभोक्ता समुहका लागि रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । सवडिभिजन वन कार्यालय नेलेअन्तर्गत पर्ने माप्य दुधकोशी गाउँपालिकाभित्रका सामुदायिक वन उपभोक्ता समुहहरुको लागि डिभिजन वन कार्यालय सोलुखुम्बु र सवडिभिजन वन कार्यालय नेलेले सो तालिम आयोजना गरेको हो ।

Advertisement

शनिबार गाउँसभा हल, खास्तापमा सम्पन्न भएको तालिममा डिभिजन वन कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख बद्रि प्रसाद पौडेलले सामुदायिक वन उपभोक्ता समुह र कार्यसमितिको अधिकार क्षेत्र, काम, कर्तव्य तथा वनसम्बन्धि समसामयिक विषयमा प्रशिक्षण दिदैं संस्थाको आर्थिक पारदर्शीतामा जोड दिन र नयाँ ऐन तथा आर्थिक कार्यविधि निर्देशिकाका आधारमा समयसापेक्षित संस्थाको गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।

Advertisement

त्यस्तै सव डिभिजन वन कार्यालय नेलेका प्रमुख मेनुका आचार्यले सामुदायिक वन उपभोक्ता समुहहरुको पछिल्लो आवश्यकता र मागअनुसार माप्य दुधकोशी गाउँपालिका केन्द्रित गरेर यो तालिम सञ्चालन गरिएको बताइन् । उनले यो तालिमले समुहहरुको संस्थागत बृद्धिविकास एवं नेतृत्व विकासमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।

Advertisement

डिभिजन वन कार्यालय सोलुखुम्बुका फरेष्टर खेचर बास्तोलाले वन र त्यसका प्रकार र महत्व, साविक वन ऐन २०७६ तथा आर्थिक कार्यविधि निर्देशिका २०७३, वन व्यवस्थापन, कार्यालय व्यवस्थापनलगायतको विषयमा प्रशिक्षण दिए । त्यसैगरी डिभिजन वन कार्यालय सोलुखुम्बुका लेखापाल भिष्मराज जोशीले उपभोक्ता समुहको लेखा व्यवस्थापनसम्बन्धित तालिम दिएका थिए ।

तालिममा सबै सामुदायिक वन उपभोक्ता समुहहरुको तर्फबाट अध्यक्ष, सचिव र कोषाध्यक्षको अलावा संस्थाका प्रतिनिधिहरुसहित ३० जनाभन्दा बढि प्रशिक्षार्थीको रुपमा सहभागि भएका थिए । सहभागिहरुले यस खालका तालिम अत्यान्तै आवश्यक रहेको भन्दै यसबाट समुहलाई नयाँ तरिकाले अगाडि बढाउन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै