spot_img

नेलेका अग्नि पीडित परिवारलाई पालिकाको आर्थिक सहयोग

spot_img

सोलुखुम्बु । सोलुखुम्बु नेलेका अग्नि पीडित परिवारलाई थुलुङ दुधकोशी गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । आगलागीबाट पुर्ण रुपमा घर क्षति भएकाहरुलाई विहिवार हरेक परिवारलाई ५० हजारका दरले चेक प्रदान गरिएको छ ।

Advertisement

पालिका अध्यक्ष असिम राईसहितको टोली नेलेमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरे । आंशिक क्षति भएका प्रति परिवारलाई २५ हजारका दरले चेक प्रदान गरिएको छ ।

Advertisement

पुस ५ गते मंगलबार अपराहन्न थुलुङ दुधकोशी १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पुर्णरुपमा नष्ट भएको थियो । उक्त घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घरमा पुर्ण क्षति र प्रनय राईको घरमा आंशिक क्षति पुगेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै