spot_img

जसपाले गर्‍यो बाबुराम भट्टराईलगायत ९ जनालाई पदमुक्त

spot_img

जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जनालाई कारबाही गरेको छ। 

Advertisement

जसपाको वीरगन्ज केन्द्रीय कमिटीको बैठकले ९ जनालाई पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

Advertisement

पदमुक्त हुनेमा बाबुराम भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन्। 

Advertisement

त्यस्तै बैठकले रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो। कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन्।

उनीहरूमाथि पार्टी विधानविपरीत काम गरेको आरोप छ। 

त्यस्तै, अध्यक्षले प्रयोग गर्ने अधिकार प्रयोग गरी बैठक बोलाउने काम गरेको, नयाँ पार्टी खोल्ने निर्णय गरेको आरोप छ। कारबाहीमा परेका बाबुराम भट्टराई र महेन्द्र यादव सां‌सद समेत छन‍्।

भट्टराईले मंगलबार र बुधबार दुई दिन काठमाडौंमा छुट्टै भेला बोलाएका थिए।

त्यस्तै जसपा अशोक राई संघीय परिषद अध्यक्ष चयन भएका छन्। वीरगन्जमा बसेको जसपा केन्द्रीय कमिटी बैठकले राईलाई परिषद अध्यक्ष चयन गरेको हो। जसपाले संघीय परिषद अध्यक्ष रहेका बाबुराम भट्टराईलाई पदमुक्त गरेर राईलाई चयन गरेको हो।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै