spot_img

NUSAN कार्यसमिति निर्वाचनमा कविताको सर्वाधिक मत !

spot_img

ललितपुर, पुस ५ । नेपाल–अमेरिका एलुम्नाइ नेटवर्क (नुसान) को कार्यसमितिमा कविता श्रेष्ठ सर्वाधिक मतसहित विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि आज शनिवार ललितपुरमा सम्पन्न मतदानबाट श्रेष्ठ सर्वाधिक ११२ मतसहित सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement

कुल २४८ मतदाता रहेकामा १५६ मत खसेको निर्वाचन समिति संयोजक भोलानाथ ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार दोश्रो बढी सचिवका उम्मेद्वार प्रतिज्ञा बस्यालले ९० मत र तेश्रो बढी कोषाध्यक्षका उम्मेद्वार गार्गि नेपालले ८९ मत प्राप्त गर्दै विजयी भए ।

Advertisement

अध्यक्षका लागि निर्वतमान अध्यक्ष प्रविणा आमात्य, मनिष रेग्मी र स्वर्णा ताम्राकार(विजयी), उपाध्यक्ष पदका लागि रिशभ दास, रोशन बहादुर खड्का, सुन्दर बहादुर सेनी र अग्निराज उपाध्याय(विजयी) प्रतिस्पर्धामा थिए ।

Advertisement

महासचिवमा निकेश बलामी निर्विरोध निर्वाचित हुँदा सचिवमा अशोक साह र प्रतिज्ञा बस्याल(विजयी) तथा कोषाध्यक्षमा सन्दिप सदा र गार्गि नेपाल(विजयी) प्रतिस्पर्धामा रहेका थिए । ६ जना सदस्यका लागि १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

जसमा युराज रोक्का, गंगा छन्त्याल, नवीना ज्ञवाली(विजयी), पवन पौडेल(विजयी), विनोद प्रसाद गुप्ता, गोर्कण ढुंगाना, आस्था कुमारी चौधरी(विजयी)सागर कोइरला, सान्तोना मालाकार, संजिता कुमार झा, विराज गौतम, प्रकाश लामिछाने(विजयी), एलिश गु्रुङ(विजयी), हिरेन्द्र बहादुर शाही, टिकाराम पौडेल र कविता श्रेष्ठ(विजयी) रहेका थिए । निर्वाचित ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको हुने जनाइएको छ ।

नेपाल–अमेरिका एलुम्नाइ नेटवर्क (नुसान) नेपाल र संयुक्त राज्य अमेरिकाबीच सामाजिक, शैक्षिक, व्यावसायिक तथा संस्थागत सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्थापना गरिएको गैरनाफामूलक संस्था हो । नुसानमा अमेरिकी सरकारका विभिन्न अध्ययन, तालिम तथा आदान–प्रदान कार्यक्रमबाट लाभान्वित भइसकेका पूर्वविद्यार्थी तथा विभिन्न पेशागत क्षेत्रमा संलग्न व्यक्तिहरू आबद्ध छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै