spot_img

सोलुका पर्यटन व्यवसायीलाई छोएन दसैँले

spot_img

कार्तिक ४, सोलुखुम्बु । काम विशेषले आफन्तसँग टाढिएर शहर बजार तथा विदेशिएका ब्यक्तिहरुलाई घर फर्काउने गतिलो माध्यम दसैँ बनेको छ । तर हिमाली जिल्ला सोलुखुम्बुमा पर्यटन व्यवसाय गर्नेहरुलाई भने यतिखेर चाडवाडको भन्दा बढी रौनक पर्यटय सिजनको रहेकोे लोदिङका विर बहादुर मगरले बताए ।

Advertisement

खुम्बु क्षेत्रमा पर्यटकीय सिजन सुरु भएकाले चाडपर्वलाई समेत वास्ता नगरी ट्रेकिङमा निस्किनुपरेको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका पासाङ तामाङको भनाई छ । चाडपर्व भन्ने वित्तिकै नातागोता, आफन्त एक आपसमा भेटघाट हुने, भलाकुसारी गर्ने र आत्मीयता साट्ने मान्यता नेपाली समाज छ ।

Advertisement

अझ त्यसमाथी पनि दशैँ जस्ता ठुला चाडहरुको विषेशता झनै पृथक छ । तर पर्यटन क्षेत्रका मजदुरहरु भने बाध्यताका कारण चाडपर्वमा घर छोड्नुपरेको उनीहरु बताउँछन् । संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बुक्षेत्रमा ‘पर्यटकीय मौसम’को मध्य सिजन भएको छ ।

Advertisement

असोजदेखि मंसिरसम्म यहाँ पर्यटकीय सिजन मानिन्छ । जसले गर्दा यहाँका ट्रेकीङ ब्यवसायीहरु दशैँ तिहार जस्ता चाडपर्वलाई दोश्रो प्राथमिकतामा राख्दै ट्रेकिङमै होमिएको स्काई वेए नेपाल ट्रेक्स् प्रा.लि.का सञ्चालक सोलुखुम्बुका बल बहादुर दर्नालले बताउनुभयो । वर्षमा एक पटक आउने दशै जस्ता चाडपर्वमा परिवारसँगै मनाउने मन हुँदा हुँदै पनि बाध्यताले यहाँका पर्यटन व्यवसायी युवाहहरुलाई टाढा बनाएको छ ।

अन्य क्षेत्रमा काम गर्नेहरुका लागि दसैँ तिहार जस्ता चाडपर्वहरु आफन्त भेटघाट गर्ने तथा रमाईलो गर्ने गतिलो माध्यम भएपनि यहाँका पर्यटन व्यवसायीहरु भने त्यहि समयमा कर्ममा रमाउनुपर्ने बाध्यतामा छन् । अन्य भरपर्दो रोजगार नहुँदा सिजनमा ट्रेकिङ गर्ने र अफ सिजनमा गाउँ घरमा समय विताउनु यहाँका पर्यटन मजदुरहरुको बाध्यता हो । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार खुम्बुमा दैनिक सयौँको संख्यामा पर्यटकहरु भित्रिरहेका छन् ।

अहिले मौसम समेत अनुकुल भएकाले विमान तथा हेलिकप्टरको माध्यमबाट धमाधम विदेशी पर्यटकहरु सगरमाथा क्षेत्र प्रवेश गरिहेका छन् । कतिपय पर्यटकहरु भने जिप मार्फत काठमाण्डौँबाट सल्लेरी हुँदै खुम्बु भ्रमणमा जाने गरेको यातयात व्यवसायी राम बहादुर विश्वकर्माले बताए ।

अहिले सल्लेरीबाट थामडाँडा सम्म सिधा जिप सेवा सञ्चालन हुने भएकाले दैनिक सयको हाराहारीमा विदेशीहरु बोलेरो जिप मार्फत खुम्बु जाने गरेको उनको भनाई छ । पर्यटकहरु भित्रिएसँगै उनीहरुको सहयोगी, भरिया तथा गाईडको रुपमा यहाँका पर्यटन व्यवसायी युवाहरु व्यस्त बनेका छन् ।

साथै खुम्बु क्षेत्रका होटल व्यवसायीहरुलाई पनि यतिखेर भ्याईनभ्याई भएको छ । सिजनमा पर्यटकको चाप उच्च हुने भएकाले उनीहरु चाडपर्वमा भन्दा पर्यटकको स्वागत तथा सत्कारमा व्यस्त हुने गरेको लुक्लाका अमृत मगरले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै