spot_img

पर्यटक अवगमनले खुम्बुका व्यवसायी उत्साहित

spot_img

असोज १९, सोलुखुम्बु । पर्यटक आवगमन सुरु भएसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । खुम्बु क्षेत्रमा सिजन सुरु भएर आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेपछि व्यबसायिहरु उत्साहित बनेका हुन् ।

Advertisement

शरद ऋतु सुरु भऐसंगै खुम्बु क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल सुरु भएको छ भने होटल व्यवसायिहरु उत्साहित छन् । खुम्बुमा अहिले दैनिक २०० भन्दा बढी विदेशी पर्यटनहरु भित्रिरहेका छन् भने त्यतिकै संख्यामा स्वदेशी पर्यटकहरु पनि खुम्बु पुगिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

Advertisement

पर्यटक आवगमनले अहिले आफुहरुलाई निक्कै व्यस्त बनाएको खुम्बु पासाङ ल्हामु गाउपालिका ४ छुकुम्का पर्यटन व्यवसायी तेन्जीङ जाङबु शेर्पाको भनाई छ । विश्वको सर्बोच्च शिखर सगरमाथा सहित दर्जनौ हिमालहरुको प्रबेशद्धार मानिने खुम्बुमा सिजन चलिरहदा होटल सञ्चालकको व्यस्तता अत्यन्त बढेको छ ।

Advertisement

पर्यटक आउन थालेसँगै अहिले होटल व्यवसायीहरु पाहुनाको स्वागत सत्कारमा जुटन थालेको होटल ब्यबसायी दामु शेर्पाले बताइन् । असोजदेखि मंसिर सम्म र फागुन देखि जेठ सम्म गरी दुई सिजनलाई खुम्बुमा मुख्य पर्यटकिय सिजन मानिन्छ ।

सिजनको पुर्वसन्ध्यामै पर्यटकको चहलपहल बाक्लिदा व्यवसायी थप जुरमुराएको खुम्बु पासाङ ल्हमु गाउपालिका ३ नाचिपाङ्का पर्यटन ब्यबासायि तथा टे«किङ गाइड ङातेम्बा शेर्पाको भनाई छ ।

सगरमाथा क्षेत्र आउने धेरै जसो विदेशी तथा स्वदेशी पर्यटक विमान मार्फत लुक्ला हुँदै उकालो लाग्ने गरेका छन् भने कतिपय काठमाण्डौँबाट सदरमुकाम सल्लेरी हुँदै गाडी मार्फत लुक्ला पुग्ने गरेका छन् । अहिलेले लुक्लामा रामेछापको मन्थलीबाट हवाई उडान हुँदै आएको छ ।

मौसमले साथ दिएको खण्डमा लुक्लामा उडानको चाप समेत उच्च हुने गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

निकुञ्जले नेपालीले प्रवेश शुल्कबापत एक सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ प्रतिव्यक्ति राजस्व संकलन गर्ने गरेको छ । निकुञ्ज क्षेत्रमा सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुरा रहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै