spot_img

रोकिएन निरन्तरको झरी, बारीको आलु बारीमै कुहिने चिन्ता !

spot_img

असार ३०, सोलुखुम्बु । निरन्तरको झरीले सोलुखुम्बुको पहाडी भेगका किसानलाई आलु भित्र्याउन सकस परेको छ । खनेर भित्र्याउन ठिक्क पारिएको आलु झरीका कारण प्रभावित भएपनि यहाँका किसानमा चिन्ता थपिएको छ । जिल्लामा पुस र माघ महिनामा रोपेको आलु असारमा भित्र्याउने गरिन्छ तर यस वर्ष लगातारको बर्षले बारीमा फलेको आलु भित्र्याउन नपाउदा चिन्ता थपिएको सोलुखुम्बु लोदिङका पासाङ शेर्पाको भनाई छ ।

Advertisement

उनले भने, ‘आलुको विजोग भयो, बारीमा त फलेको जस्तै छ तर के गर्नु खन्न नपाउँदा बिग्रिएर गयो, वर्षभरीको दुःख खेर जाने भयो, दिन उग्रिने छाटकाँट छैन ।’ सोलुखुम्बुको १० हजार १ सय २९ हेक्टर जमिनमा आलु खेती हुदै आएको छ । अन्य वर्षको तुलनामा यस वर्ष आलु राम्रै फलेको भएपनि खन्ने बेला झरी बाधक बन्दा कुहिने खतरा बढेको सोलुखुम्बु टाक्टोरकी प्यारी माया विश्वकर्मा चिन्ता छ ।

Advertisement

‘पोहोर भन्दा यो वर्ष अलिक बढी आलु फलेको थियो तर खन्ने बेलामा मौसमले साथ दिएन, अब हुँदै भएन् भने बारीमै पाल टाँगेर खन्ने योजना छ, अरु उपाय नै छैन् त, किसानलाई जताबाट पनि समस्यै समस्या ।’, विश्वकर्माले भनिन् । माथिल्लो भेगको मुख्य बालीको रुपमा रहेको आलु यो बर्षा भित्र्याउने समयमा निरन्तर पानी परेपछि किसानले आलु भित्र्याउन पाएका छैनन ।

Advertisement

केही किसानले बर्षामै खनेर भित्र्याएको आलु कुहिएर जान थालेका छन । भित्र्याउने बेलाको आलु लामो समय बारीमै राख्दा किरा लाग्ने, कुहिने जस्ता समस्या आउन सक्ने भएकाले खनेर घाम नलाग्ने र हावा आउने ठाउँमा सुकाएर भण्डारण गर्न कृषि ज्ञान केन्द्रका कार्यलय सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाको सुझाव छ । घाम लाग्ने ठाउँमा राख्दा आलु हरियो हुने भएकाले हावा छिर्ने ठाउँमा भण्डारण गर्दा हुने उहाँको भनाई छ ।

जिल्लामा औसतमा वर्षेनी १६ लाख मेट्रिक टन भन्दा बढी आलु उत्पादन हुँदै आएको छ । पहाडी भेगका कतिपय किसानको मुख्य बाली नै आलु भएपनि भित्र्याउने बेला मौसमले साथ नदिदा वर्ष भरीको मेहनत खेर जाने होकी भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै