spot_img

लम्पी स्कीनले सोलुमा २४ गाईगोरु मरे, ९ सय बढी संक्रमित

spot_img

असार २०, सोलुखुम्बु । सोलुखुम्बुमा लम्पी स्कीनका कारण धमाधम गाई गारु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको विभिन्न स्थानीय तहको पशुचौपायमा फैलिएको लम्पी स्कीन महामारीले २४ वटा गाईगौरु मरेको स्थानीय तहहरुको पशु शाखाले जनाएका छन् ।

Advertisement

सबै भन्दा बढी थुलुङ दुधकोशी गाउँपालिकामा १२ वटा, नेचासल्यान गाउँपालिकामा ६ वटा, लिखुपिके गाउँपालिकामा ५ वटा र महाकुलुङ गाउँपालिकामा एउटा गाईगोरु मरेको पशु सेवा शाखाले जानकारी दिएको छ । जिल्लाभर ९ सय ८४ पशुहरु लम्पी स्कीनबाट संक्रमित भएको तथ्यांकले देखाएको छ ।

Advertisement

थुलुङ दुधकोशी गाउँपालिका ४३०, नेचासल्यान गाउँपालिकामा ३०५ वटा पशुहरुसंक्रमित भएका छन । यस्तै लिखुपिके गाउँपालिकामा १०६ वटा, सोलुदुधकुण्ड नगरपालिकामा कम्तीमा १५ वटा, महाकुलुङ गाउँपालिकामा ४८ वटा, सोताङ गाउँपालिकामा ५० वटा र माप्यदुधकोशी गाउँपालिकामा ३० वटा पशुहरु संक्रमित भएको जनाइएको छ ।

Advertisement

केहि पशुहरु संक्रमणमुक्त भएपनि धेरैजसो पशुहरु विरामी परेको पशु प्राविधिकहरुले बताएका छन् । नियमन्त्रणको यकिन औषधी नभएपनि भ्याक्सिन तथा एन्टिबाइटिक प्रयोग गरिरहेको प्राविधिकहरुको भनाई छ ।

पशु प्राविधिकका अनुसार यस्ता रोगको संक्रमण लागेका पशुहरुलाई उच्च ज्वरो आउने, नलिका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरु आउने हुन्छ । यस्तो खटिराहरु नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरु बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ ।

संक्रमणका कारण दूध उत्पादन घट्ने र संक्रमित पशुको मृत्यु नै हुने विभागले जनाएको छ । यो रोग रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने गरेको विज्ञको भनाई छ । लामखुट्टे, भुसुना, किर्ना, रगत चुस्ने झिंगाबाट अहिलेसम्म यो रोग फैलिएको पाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै