spot_img

हिमालको चुचुरोमा स्याब्रु नाचेर १५ शेर्पाले राखे विश्व किर्तिमान

spot_img

जेठ १५, सोलुखुम्बु । ६ हजार ४७० मिटर उचाइको मेरा पिक हिमालको चुचुरोमा स्याब्रु नृत्य गर्दै १५ जना शेर्पा कलाकारको समूहले विश्व कीर्तिमान राखेको छ । बनावट र प्रतिकूल मौसमको कारण आरोहणका लागि कठिन मानिने उक्त हिमालको चुचुरोमा पुगेर शनिबार शेर्पा कलाकार समूहले रेकर्ड राखेको हो ।

Advertisement

लण्डनमा मुख्यालय रहेको वल्र्ड बुक अफ रेकर्ड्सले कीर्तिमान रच्ने कलाकारलाई प्रमाणपत्र पनि प्रदान गरेको छ । ‘जमिनको उच्चतम् उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ नाम दिंदै उक्त संस्थाले रेकर्डको मान्यता दिएको हो । शेर्पा इभेन्ट्स अर्गनाइजरले यो कार्यक्रम आयोजना गरेको थियो ।

Advertisement

विशाल हिमालयलाई पृष्ठभूमिमा सजाउँदै स्याब्रु नृत्य गरेको संस्थाका अध्यक्ष नुरु शेर्पाले बताए । केही मिनेटसम्म उनीहरुले स्याब्रु नृत्यको तालमा आफूहरुलाई प्रस्तुत गरेका थिए । यो उपलब्धिका लागि विश्व कीर्तिमानी शेर्पा कलाकारलाई होटल मिराजमा आयोजित समारोहमा सम्मान समेत गरिएको छ ।

Advertisement

वल्र्ड बुक अफ रेकर्ड्स लण्डनबाट प्रमाणपत्र प्राप्त गर्ने कीर्तिमानी कलाकारमा नुरु शेर्पा, युगेन शेर्पा, कुन्साङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा, दिकु शेर्पा, छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा तथा छेतेन शेर्पा छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै