spot_img

सगरमाथामा बाटो बनाउने कार्य सकियो, आरोहण खुला

spot_img

बैशाख ३०, सोलुखुम्बु । विश्वको सवोच्च शिखर सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो निर्माणको कार्य सकिएको छ । यस वर्षको वसन्त ऋतुमा शिखरसम्मको बाटो बनाउँदै शनिबार दिउँसो एक बजेर ५२ मिनेटमा आइसफल डाक्टरहरुको टोली सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागका सगरमाथा आधार शिविर प्रतिनिधि खिमलाल गौतमले जानकारी दिए ।

Advertisement

यस वर्ष दोस्रो शिविरभन्दा माथि शिखरसम्मको बाटो बनाउने जिम्मा लिएको इमाजिन नेपालको टोली शिखरमा पुगेको हो । बाटो बनाउने टोलीमा नौ जना आरोहीहरु सहभागी छन् ।

Advertisement

इमाजिन नेपालका प्रबन्ध निर्देशक एवं चर्चित आरोही मिङ्मा शेर्पाको संयोजनमा भएको बाटो बनाउने काममा टोली प्रमुख दावा ग्याल्जे शेर्पासहित ङिमा नुरू शेर्पा, लाक्पा शेर्पा, दिपेन गुरुङ, पासाङ ङिमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर गेल्जेन शेर्पा, दा जाङ्बु शेर्पा र सुमन गुरुङ छन् ।

Advertisement

आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको चौथो शिविरसम्म बाटो खुलाइसकेका थिए । वैशाख २१ गते नै शिखरसम्मको बाटो खुलाउने तयारी रहेको भए पनि मौसम प्रतिकूल हुँदा ढिलाइ भएको हो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएको थियो ।

भोलिदेखि मे २० तारिखसम्म सगरमाथाको मौसम राम्रो देखिएकाले यसबीचमा आरोहण हुने गौतमले जानकारी दिए । चौथो शिविरमा रहेका केही आरोहीहरु आज राति शिखरतर्फ लाग्ने भएकाले भोलि बिहानदेखि आरोहीहरु शिखरमा पुग्ने क्रम सुरु हुने छ ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै धेरै चार सय ६७ जनाले अनुमति लिएका पर्यटन बोर्डले जनाएको छ । नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएकोमा ९८ जना महिला आरोही छन् ।

पहिलो पटक सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको यस वर्ष ७० वर्ष पुगेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै