spot_img

४ शेर्पा र २ विदेशीले चुमे अन्नपुर्ण, १९७ ले लिए सगरमाथा चढ्ने अनुमती

spot_img

सोलुखुम्बु । अन्नपूर्ण हिमालमा यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेकका आरोहण सहयोगी पासाङ नुर्वु शेर्पासहितको टोलीले शिखरसम्मको बाटो खोलेसँगै आज शनिबार आरोहण टोली अन्नपूर्णको शिखरमा पुगेको हो ।

Advertisement

अहिलेसम्म चार जना शेर्पा र दुई जना विदेशी नागरिक अन्नपूर्णको शिखरमा पुगेको जानकारी प्राप्त भएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । अरु आरोहीहरु पनि शिखरमा जाने क्रममा रहेका उनले बताए ।

Advertisement

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि अहिलेसम्म पाँच वटा समूहका ५४ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

Advertisement


झण्डै २०० जनाले लिए सगरमाथा आरोहण अनुमती
वसन्त ऋतुको अहिले सम्म झण्डै २०० जनाले सगरमाथा आरोहणका लागि अनुमती लिएका छन् । वसन्त याममा नेपालका २१ वटा हिमाल आरोहण अनुमति लिने मध्ये सबै भन्दा धेरै सगरमाथाका लागि १९७ जनाले आरोहण अनुमती लिएको पर्यटन विभागले जनाएको छ ।

हाल सम्म कुल २१ वटा हिमाल आरोहणका लागि ५ सय १२ जनाले अनुमती लिएका छन् । अनुमति लिएका आरोहीबाट सरकारले ३१ करोड ३४ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । अनुमती लिने मध्ये १ सय ३ जना महिला छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै