spot_img
spot_img

खुम्बुमा बेपत्ता जापानिज नागरिक मृत भेटिए

spot_img

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा एक सातादेखि बेपत्ता जापानिज नागरिक मृत भेटिउका छन् । गत चैत्र ८ गतेदेखि बेपत्ता जापानिज पुरुष नागरिक ५४ वर्षका हितोशी इशिबाको शव विहिबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ चोलापास नजिकै फेला परेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

Advertisement

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पुर्ण दाहालका अनुसार उनको शव चोलापास नजिकै बाटोमा फेला परेको हो । बेपत्ताको खोजीका लागि खटिएको सिमृक एयरको हेलिकप्टरले इशिबालाई विहिबार दिउँसो १२ बजे मृत फेला परेको प्रहरी नायब निरीक्षक दाहालले बताए ।

उनको शव पोष्टमार्टका लागि विहिबार नै हेलिकप्टर मार्फत काठमाण्डौँको शिक्षक अस्पताल महाराजगञ्ज पु¥याइएको छ । गाईड तथा साथी विना नै एक्लै सगरमाथा क्षेत्र भ्रमणमा आएका इशिबाको हाई लागेर ज्यान गएको अनुमान गरिएको छ । यद्यपी पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै