spot_img
spot_img

सोलुका बालकमाथी विदेशीले गरे लगातार अप्राकृतिक मैथुन

spot_img

सोलुखुम्बु । सोलुखुम्बुका एक बालक ४ महिनादेखि अप्राकृतिक मैथुनको सिकार भएको खुलेको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रका १२ वर्षीय एक बालक माथी जर्मन नागरिक माइकल यगलले महिनौदेखि अप्रकृतिक मैथुन गरेको खुलेको हो ।

Advertisement

घटना क्रम यस्तो छ– जर्मन नागरिक माइकल यगल काठमाडौं ओर्लिएलगत्तै एक वर्षअघि सोलुखुम्बु पुगे । ४८ वर्षीय माइकल खुम्बु पासाङ ल्हामु गाउँपालिका– ३ चौरीखर्कमा खाजा पसल सञ्चालन गर्ने एक परिवारसँग नियमित सम्पर्कमा रहे । आर्थिक अवस्था सामान्य रहेका परिवारका १२ वर्षीय छोरामाथि उनको नजर प¥यो ।

माइकलले ती बालकलाई काठमाडौं लगेर आफूले पढाइदिने भनेपछि परिवार दंग परे । असोजको अन्तिम साता माइकलको जिम्मा लगाएर बालकलाई काठमाडौं पठाइयो । बालकका अनुसार उनीहरु बौद्धस्थित मन्डला होटलमा बसे । तर, बालकले आफू स्कुल जान पाउने सम्भावना नदेखेपछि माइकललाई सोधे– कहिलेबाट स्कुल जाने ? माइकलले अहिले आफूसँग पैसा नभएकाले बैशाखबाट मात्र भर्ना गरिदिन्छु भने ।

Advertisement

एक सातापछि माइकलले अस्वाभाविक व्यवहार देखाउन थाले । उक्त व्यवहार चार महिनासम्म निरन्तर रह्यो । प्रहरीले विशेष सूचनाका आधारमा फागुनको पहिलो साता बालकलाई कपनको मेजेस्ट्री इटरी होटलबाट उद्धार गरी माइकललाई नियन्त्रणमा लियो । उनीहरु बस्ने कोठाबाट पुरुषको जनेन्द्रिय जस्तै देखिने प्लास्टिकका दुइटा वस्तु फेला पारिएकाको छ ।

बालकमाथि अप्राकृतिक मैथुन भइरहेको सूचना प्रहरीले पाएको थियो । पीडित बालकका अनुसार काठमाडौं आएको एक सातापछि माइकलले उनलाई अप्राकृतिक मैथुन गराएका थिए । कहिले प्लास्टिकको त कहिले आफ्नै यौन अंग बालकको मलद्वारमा छिराउने गरेको आरोप जाहेरीमा छ ।

माइकलले बालकलाई आफूले एकपटकमात्र अप्राकृतिक मैथुन गराउन खोजेको दाबी गरेका छन् । बालकले आफैं त्यसलाई प्रयोग गर्ने गरेको उनको भनाई छ । सरकारी वकिलसँगको बयानमा माइकलले आफू विगत १४ वर्षदेखि नेपाल आउजाउ गरिरहेको बताएका छन् । माइकल र पीडित बालक दुई महिनाअघि मेजेस्टी इटरी होटलमा बसाइ सरेका थिए ।

त्यसअघि आफूहरु स्वयम्भूस्थित पहेंलो गुम्बामा करिब एक महिना बसेको माइकलको बयान छ । मन्डला होटलका म्यानेजर सागर लामा तामाङका अनुसार उनीहरु सुरुमा होटलमा बस्न आउँदा माइकलले बालकलाई कपन गुम्बामा पढाउन ल्याएको बताएका थिए । साँझको समयमा माइकल लामा ड्रेस लगाएर बाहिर निस्कने गरेको उनले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

सागरका अनुसार माइकलले चेक आउट हुने बेलामा सबै पैसा दिने बताएका थिए । तर, होटल बसेको ३१ दिनपछि आफ्नो पैसा आउँदैछ, अहिले बालकलाई भर्ना गरेर आउँछु भन्दै सक्कली पासपोर्ट जमानत राखेर दुवै जना निस्किएको उनले बताए । मेजेस्टी इटरी होटल व्यवस्थापनले पनि माइकल बालकसहित पुस २१ गते बस्न आएको बताएको छ ।

होटलमा ५० दिनसम्म बस्दा जम्मा १३ हजार ५ सय रुपैयाँमात्र दिएको र बाँकी पैसा आउँदैछ भन्दै भाका राख्ने गरेको म्यानेजर सुमन श्रेष्ठको भनाई छ । माइकलविरुद्ध मुलुकी अपराध संहिताको दफा २२६ अनु्सार ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने सजाय माग गरिएको छ ।

अप्राकृतिक मैथुन गर्न नहुने कसुरअन्तर्गत उक्त सजाय माग गरिएको हो । यस्तै जबरजस्ती करणी गर्न नहुने कसुरअन्तर्गत दफा २१९ को व्यवस्थाअनुसार १४ देखि १६ वर्षसम्म कैद सजाय दाबी लिएर अदालतमा मुद्दा दर्ता भएको छ । –नेपाल प्रेस

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै