spot_img

नेपाल शिक्षक संघ सोलुुको अध्यक्षमा राई

spot_img

सोलुखुम्बु । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा मदन राई निर्वाचित भएका छन् । सल्लेरीमा सम्पन्न ९ औँ जिल्ला अधिवेशनको निर्वाचनबाट २८४ मतका साथ राई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी महाप्रसाद फूयालले १८१ मत प्राप्त गरे ।

Advertisement

उनका प्रतिस्पर्धी महाप्रसाद फूयालले १८१ मत प्राप्त गरे । शनिबार राती सकिएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा मदनकै प्यानलका राधादेवी बस्ने निर्वाचित भईन् । राधादेवीले २७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सीता कुमारी आचार्यले १७३ मत प्राप्त गरिन् ।

Advertisement

सचिवमा भने महाप्रसाद फूयाल प्यानलका प्रकाश राई विजयी भएका छन् । उनी २४१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी उत्तर कुमार राईले २०४ मत प्राप्त गरे । अर्का उपाध्यक्षमा राजु दुलाल र अर्थ सचिवमा रेमन्त कुमार बस्नेत निर्वाचित भए । अन्य सदस्यहरुमा पनि मदनकै प्यानलका विजयी भएको बताइएको छ ।

Advertisement

उनी २४१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी उत्तर कुमार राईले २०४ मत प्राप्त गरेका छन् । अन्य सदस्यहरुमा पनि मदनकै प्यानलका विजयी भएको बताइएको छ । अधिवेशनबाट १८ सदस्य जिल्ला कार्यसमिति चयन गरिएको छ ।

संघिय महाधिवेशन प्रतिनिधिमा २७८ मतका साथ लाल प्रसाद बास्तोला, २४८ मतका साथ जनक कुमार थापा र २११ मतका साथ भलाकाजी मगर निर्वाचित भएका छन् । शिक्षक संघ सोलुका ७०२ जना सदस्य मध्ये ४६७ जनाले मतदान गरेका थिए ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनि सहमती हुन नसक्दा अन्तत निर्वाचन प्रकृयामा होमिएको थियो । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने शिक्षक संघले जनाएको छ ।

अधिवेशनको शुक्रबार सल्लेरीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बल बहादुर केसीले उद्घाटन गरेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै