spot_img

खोटाङमा निःशुल्क गर्भवती जाँचको कार्यक्रम नै नगरी रकम झ्वाम

spot_img

सोलुखुम्बु । जिल्ला अस्पताल खोटाङमा गर्भवतीको निःशुल्क जाँच कार्यक्रमको रकम अनियमितता भएको पाइएको छ । गत साउन १ गतेदेखि शुरू हुनुपर्ने गर्भवतीको निःशुल्क जाँच कार्यक्रम नै नगरी रकम निकासा भएको हो ।

Advertisement

उक्त कार्यक्रमका लागि प्रदेश सरकारले दिएको १० लाख रूपैयाँमध्ये आठ लाख एक हजार २०१ रुपैयाँको गर्भवती जाँचमा प्रयोग हुने सामग्री खरीद गरिएको पाइएको छ । अस्पतालले काठमाडौंको त्रिपुरेश्वस्थित बस्नेत सर्जिकल हाउसबाट ६ लाख नौ हजार ३०६ रुपैयाँ र एमआरएस इन्टरप्राइजेजबाट एक लाख ९१ हजार ८९५ रुपैयाँको सामग्री खरीद गरेको पाइएको छ ।

Advertisement

अस्पतालमा भएको अनियमितता गत माघ ६ गते डा. दिपेश परियार अस्पताल प्रमुखका रूपमा आएपछि खुलेको हो । साउनदेखि सञ्चालन हुनुपर्ने निःशुल्क जाँच कार्यक्रम लागू नभएको र उक्त शीर्षकको बजेट एक लाख ९८ हजार ७९९ रुपैयाँ मात्र बाँकी देखिएको डा.परियार बताउँछन् ।

Advertisement

यस्तै‚ अस्पताल विकास समितिको खातामा जम्मा हुनुपर्ने रकम जम्मा नगरी खर्च गरिएको उनको भनाइ छ । डा. परियार आउनुअघि अस्पतालको आर्थिक प्रमुखको जिम्मेवारी ल्याब टेक्नेसियन (छैठौं) विमलकुमार देवलाई दिइएको थियो ।

यता देव भने खर्च गर्ने नीतिबारे थाहा नहुँदा निःशुल्क जाँच कार्यक्रमको रकमबाट गर्भवती जाँचमा प्रयोग हुने सामान खरीद गरिएको बताउँछन् । तर‚ खरीद गरेको भनिएको सामग्री अस्पतालमा छैन ।

देवले सामग्री प्रयोग भइसकेको बताएका छन् । रकम अनियमितता भएको आशंका भएपछि चैत १ गते अस्पताल व्यवस्थापन समितिका सदस्य कुमारप्रसाद आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै