spot_img

वी.पी. संस्कृत विद्यापिठको स्ववियू अध्यक्षमा बस्नेत सर्वसम्मत

spot_img


सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित वी.पी. कोईराला संस्कृत विद्यापिठको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा मोहन बस्नेत सर्वसम्मत भएका छन् ।

Advertisement

त्रिभुवन विश्वविद्यालय अन्तरगत जिल्लाकै एक मात्र सांस्कृत आंगिक क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारीका बस्नेतसहित सदस्यमा पवित्रा बर्देवा र गंगा निरौला सर्वसम्मत भएका हुन् । बर्देवा क्रान्तिकारीबाट र निरौला अखिलबाट निर्वाचित भएका हुन् ।

Advertisement

नेविसंघका अध्यक्षसहित अन्य दुई सदस्यको उम्मेद्वारी खारेज भएसँगै माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीबाट अध्यक्ष र एक सदस्य तथा एमाले सम्बद्ध अखिलबाट एक सदस्य गरि ३ जनासर्वसम्मत भएको अखिल क्रान्न्तिकारीका जिल्ला अध्यक्ष कुमार कट्टेलले जानकारी दिए ।

Advertisement

नेविसंघको अध्यक्ष र दुई सदस्यको उम्मेद्वार कर्मचारी भएका कारण स्वतः खारेज भएको क्याम्पस श्रोतले जनाएको छ । अब बाँकी ४ सदस्यका लागि अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र नेविसंघ विच चुनावी प्रतिस्पर्धा हुने जनाइएको छ ।

निर्वाचित स्ववियू पदाधिकारीको कार्यकाल ५ वर्षको हुने छ । विपी विद्यापिठको उक्त स्ववियू निर्वाचनमा एमाले र माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठनहरु संयुक्त प्यानल बनाई चुनावी मैदानमा होमिएका छन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै