spot_img

अग्नी पीडितलाई नगद सहयोग लिएर नेले पुगे मेयर शेर्पा

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा नगद सहयोग लिएर अग्नी पीडित भेट्न नेले पुगेका छन् । उनी अग्नि पीडित परिवारलाई सहयोग गर्न झण्डै ५ लाख नगद सहयोग लिएर थुलुङ दुधकोशी गाउँपालिका १ नेले पुगेका हुन् ।

Advertisement

मेयर तथा नेपाली कांग्रेस सोलुका सभापति शेर्पाको पहलमा नगरपालिकासहित विभिन्न व्यक्तिहरुबाट संकलित ४ लाख ८९ हजार १५० रुपैयाँ रकम विहिवार अग्नि पीडित सहयोग समितिलाई हस्तान्तरण गरे ।

Advertisement

संकलित सहयोग रकममा एन.आर.एन. न्यूयोर्क अमेरिका च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पाले संकलन गरि पठाएका २ लाख ८९ हजार १५० रुपैयाँ, सोलुदुधकुण्ड नगरपालिकाबाट १ लाख ५० हजार र मेयर शेर्पाको व्यक्तिगत ५० हजार रहेको नेलेका वडाध्यक्ष एवं अग्नि पीडित सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिए ।

Advertisement

पुस ५ गते मंगलबार अपराहन्न थुलुङ दुधकोशी १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पुर्णरुपमा नष्ट भएको थियो । उक्त घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, बुद्विबहादुर कार्की र गणेश बस्नेतको घरमा पुर्ण क्षति र प्रनय राईको घरमा आंशिक क्षति पुगेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै