सोलुखुम्बु । सोलुखुम्बु प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसले निर्वाचन अभियान संचालन संयोजक तोकेको छ ।
जिल्ला कार्य समितिको पत्र अनुसार लिखुपिके गाउँपालिका संयोजकको जिम्मा प्रदेश उप–सभापति ज्ञानेन्द्र जंग बस्नेतलाई दिइएको कांग्रेस प्रदेश सभापति कर्मा शेर्पाले जानकारी दिए ।
आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लक्षित गतिविधि संचालनका लागि खुम्बु पासाङ ल्हमू गाउँपालिकामा प्रदेश उप–सभापति ङिमा तेन्जी शेर्पा, माप्य दुधकोशी गाउँपालिकामा प्रदेश सहसचिव मिंमार राई र सोलुदुधकुण्ड नगरपालिकामा प्रदेश सचिव भलाकाजी कार्कीलाई निर्वाचन अभियान संचालानार्थ संयोजक तोकिएको छ ।
पालिका संयोजकलाई अभियान संचालनका लागि सदस्य मनोनयन गर्ने अधिकार दिइएको छ । संयोजकलाई पठाइएको पत्रमा लोकतान्त्रिक–बाम गठबन्धनको पक्षमा माहोल बनाउन सक्रिय बन्न आग्रह गरिएको छ ।



