spot_img

‘नेतृत्वमा पुस्तान्तरण गर्ने माओवादी नै पहिलो पार्टी’

spot_img

नेकपा माओवादी केन्द्रबाट नेचासल्यान गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका भुपेन्द्र कटेलले नेतृत्वमा पुस्तान्तरण गर्ने माओवादी नै पहिलो पार्टी भएको बताए ।

Advertisement

चुनाबी प्रचारको क्रममा मतदातासँगको भेटमा युवापुस्तालाई नेतृत्व पुस्तान्तरण गर्ने पार्टी माओवादी रहेको दाबी गरे । उनले भने, ‘हामीले जिते पुस्तान्तरण मात्र होइन्, पाका पुस्ताको अनुभव, ज्ञान र सीपको हस्तान्तरण गर्ने वातावरण निर्माण गर्छौँ ।’

Advertisement

उम्मेदवार कटेलले युवालाई पालिकको नेतृत्वमा जिताए मात्रै विकासले तिब्रता पाउने विचार राखे । घरदैलोका क्रममा मतदाताको समर्थनले हौसला थपेको उनको भनाई छ । विद्यार्थी आन्दोलनमा योगदान गरेका कटेल यसअघि प्रतिनिधि सभा सदस्य हेम कुमार राई (शुरवीर)को सचिवालय सम्हाल्दै आएका थिए ।

Advertisement

नेचासल्यानमा नेकपा एमालेले डुफ कुमार बास्तोला, नेपाली कांग्रेसले धनजन राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै