spot_img

स्थानीय तह निर्वाचन २०७९ : कांग्रेस २ सय १ स्थानीय तहमा विजयी

spot_img

स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ । 

Advertisement

बुधबार बिहान १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २ सय १ स्थानीय तहमा विजय हासिल गरेको छ । ४ सय ३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले २ सय १ स्थानीय तहमा जित हासिल गरेको हो । कांग्रेसले १ सय २० स्थानीय तह मा अग्रता कायमै गरिरहेको छ ।

Advertisement

२०७४ सालको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका जितेको एमाले भने दोस्रो स्थानमा झर्ने देखिएको छ । एमालेले यो समाचार तयार पार्दासम्म १ सय २२ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ७५ स्थानीय तहमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले ८४ स्थानीय तहमा जित हासिल गरेको छ भने ३१ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

Advertisement

एकीकृत समाजवादीले ७ स्थानीय तहमा जित निकालेको छ । उसका उम्मेदवारले १४ स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित निकाल्दा २८ स्थानीय तहमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले भने १० स्थानीय तहमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलका उम्मेदवारहरूले १२ स्थानीय तहमा जित हासिल गरेका छन् भने १६ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष जित्नेमा पनि कांग्रेस नै अग्रस्थानमा छ । उसले यो समाचार तयार पार्दासम्म १ सय ८८ स्थानीय तहमा जित हासिल गरेको छ । उसले १ सय २ उपप्रमुख/उपाध्यक्षमा अग्रता लिइरहेको छ । उपप्रमुख/उपाध्यक्षमा एमालेका १ सय २३ उम्मेदवार विजयी भएका छन् भने १ सय १३ ले अग्रता कायम राखेका छन् । माओवादी केन्द्रबाट ९२ उपप्रमुख/उपाध्यक्ष उम्मेदवार जितेका छन् भने ३४ ले अग्रता लिइरहेका छन् ।

एकीकृत समाजवादीबाट १४ उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् भने ८ उम्मेदवारले अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीका ५ र स्वतन्त्र तथा साना दलका ६ उपप्रमुख/उपाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् । जसपाका २४, लोसपाका ११ र स्वतन्त्र तथा साना दलका ८ उपप्रमुख/उपाध्यक्ष उम्मेदवारले अग्रता कायम गरेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै