spot_img

सोलु कांग्रेसका नेता शेर्पाले गरे ४ अग्नि पीडितलाई जनही १० हजार सहयोग

spot_img

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’का सभापति कर्मा शेर्पाले थुलुङ दुधकोशी १ नेलेबजारका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

Advertisement

मंगलबार भएको आगोलागीबाट घर र धनमाल गुमाएका ४ परिवारलाई बुधबार घटनास्थलमै पुगेर प्रतिपरिवार नगद १० हजारका दरले सहयोग गरेका हुन् ।
सहयोग प्राप्त गर्ने अग्नि पीडितहरुमा थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका बुद्धि बहादुर बस्नेत, कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतका छन् ।

Advertisement

शेर्पाले विपत्तिको समयमा सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सबैले सकेको सहयोग गर्न आग्रह गरे ।

Advertisement

बुधबार नै अग्नि पीडितलाई थुलुङ दुधकोशी गाउँपालिकाले जनही ५० हजार नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै