spot_img

सोलु एमालेबाट संघका उम्मेदवारमा मानवीर सिफारिस

spot_img

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्वार सिफारिस टुंगो लगाएको छ ।

Advertisement

पार्टीको आज (सोमबार) सल्लेरीमा बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको नाम सिफारिस टुंगो लगाएको हो । बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मानविर राईको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ भने समानुपातिकमा सुर्य कुमारी सुनुवार र दाडोमा शेर्पाको नाम पठाएको एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए ।

Advertisement

उनका अनुसार प्रदेश क्षेत्र ‘क’ को प्रत्यक्षमा हालका सांसद समेत रहेका उत्तम कुमार बस्नेत र नेता महेश किराँतीको नाम पठाउँदा समानुपातिकमा सावित्रा भट्टराई, नरेन्द्र कुलुङ, लक्ष्मी कार्की बस्नेत, कल्पना गिरी, पार्वती राई र प्रभुराम कार्कीको नाम सिफारिसमा परेका छन् ।

Advertisement

प्रदेश क्षेत्र ‘ख’मा हालका सांसद समेत रहेका बुद्धि कुमार राजभण्डारी, मिङमार छिरी शेर्पा, आश कुमार राई ‘शिशिर’ र दिपक राजभण्डारीको नाम सिफारिस हुँदा समानुपातिकमा डिबी रानापाल, आङकाजी शेर्पा, कुमार राई, केशव खड्का र कल्पना राईको नाम सिफारिस गरिएको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै