spot_img

सोलुदुधकुण्डका प्रमुख शेर्पा नगरपालिका संघको केन्द्रीय सदस्य बने

spot_img

काठमाण्डौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य बनेका छन् ।

Advertisement

देशभरका नगरपालिकाको नेतृत्व गर्ने जनप्रतिनिधिको छाता संगठन नेपाल नगरपालिका संघको बुधबार सम्पन्न सम्मेलनले नगर प्रमुख शेर्पा सहित ३५ जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो । सोलुदुधकुण्ड नगरपालिकाको दोस्रो पटक नेतृत्व सम्हालिरहेका शेर्पा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत हुन् ।

Advertisement

महाधिबेशनले संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाको नेतृत्वमा ४३ सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

Advertisement

महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छिन् ।

कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी छन् ।

देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै