spot_img

सोलुखुम्बुमा सय विरामीको आँखाको शल्यक्रिया

spot_img

सोलुखुम्बु – जब बुढ्यौली शुरु हुन्छ, धेरैको आँखाको ज्योति गुम्छ । जान्नेहरु आँखाको परीक्षण गर्छन्, मोतिबिन्दु पहिचान गर्छन् । उपचारमा उद्यत हुन्छन् । शल्यक्रियापछि पुनःसंसार देख्छन् । नजान्ने, आर्थिक अवस्था कमजोर हुनेहरु बाँचुन्जेल अन्धकारमा जिउँछन् । यो नै ग्रामिण जीवनको यर्थाथता हो ।

Advertisement

तर, तिलगंगा आँखा प्रतिष्ठान अन्तरगत संचालित जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको अगुवाईमा गाउँ गाउँमा आँखा शिविर र गाउँबाट पहिचान भएका मोतिबिन्दुका विरामीको निशुल्क शल्यक्रिया आयोजनाले गर्दा हिमाली जिल्ला सोलुखुम्बुका नागरिकले दोस्रो पटक संसार देख्ने अवसर पाएका छन् । केहि बर्ष देखि लगायतार जिल्लामै शल्यक्रिया शिविर आयोजना हुनुले आर्थिक अवस्था कमजोर भएकाहरुलाई ठूलै राहत मिलेको पाइन्छ ।

Advertisement

सोलुखुम्बु सल्यान दोदीकी सोमती मगरले प्रस्टसँग संसार देख्न छोडेको करिब २ बर्ष भएको थियो । मोतिबिन्दुका कारण आँखामा लागेको पर्दाका कारण आँखा देख्न छोडिसकेकी सोमतीले विहिबार फाप्लुमा गरिएको आँखा शल्यक्रियापछि आँखा देखे । अर्को जुनी फेरिएको महसुस भएको उनी बताउछिन् ।

Advertisement
279030587 4489959504438449 5254510818169363667 n

संसार नियाल्ने आँखा शरिरको महत्वपुर्ण अंग मध्ये एक हो तर उमेर बढ्दै जाँदा धेरै व्यक्ति मोतिबिन्दुको शिकार हुन पुग्छन् । कतिलाई त मोतिबिन्दृुको उपचार सम्भव नै छैन भन्ने समेत लागेको थियो । तर विहिबार र शुक्रबार गरिएको शल्यक्रिया पश्चात अत्यन्त प्रस्टसँग आँखा देख्दा सपना झै लागेको सोलुखुम्बु जुबुका सुरेन्द्र बहादुर बस्नेत बताउछन् ।

जिल्लाका ६ स्थानीय तहको १० स्थानमा यसअघि संचालित शिविरबाट छनौट भएका ६५ जना सहित ९८ जनाले मोतिबिन्दुको शल्यक्रिया गराए । अन्य दुई जनाको आँखाको समस्या शल्यक्रियाबाट हल गरिएको छ । ४२६ जनाले आँखाको परीक्षण गराएका छन् । यसअघि गाउँगाउँमा भएको शिविरमा १४९४ जनाले आँखा परीक्षण गराएका थिए ।

उपचारको अभावमा रोग छिप्पिएर धेरै पुरानो भईसकेका विरामीहरु समेत अधिक भेटिएको उपचारमा संलग्न तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सृजना अधिकारीको भनाई छ । बर्षेनी फरक फरक भूगोलमा छनौट शिविर संचालन गरेर मोतिबिन्दुको पहिचान गरि शल्यक्रियाको माध्यमबाट दोस्रो पटक संसार देख्ने वातावरण बनाउदै आएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले बताए ।

आँखा स्वास्थ्यको सुनिश्चित गर्नका लागि तिलगंगा आँखा प्रतिष्ठान र स्थानीय सरकारको समन्वयमा जिल्ला सामुदायिक आँखा केन्द्रले सोलुखुम्बुको थुलुङ दुधकोशी, माप्य दुधकोशी र सोताङ गाउँपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना गरेर सेवा प्रवाह गर्दै आएको छ ।
फाप्लुमा सम्पन्न मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ, सोलुदुधकुण्ड नगरपालिका, हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु, नेपाल रेडक्रस सोसाइटी र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा आयोजनामा गरिएको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै