spot_img

सुकेपोखरीमा १५ बेडको थुलुङ दुधकोशी अस्पताल बन्ने

spot_img

सोलुखुम्बु – सुकेपोखरीमा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । थुलुङ दुधकोशी गाउँपालिका ४, ५ र ९ लाई केन्द्रित गरेर थुलुङ दुधकोशी अस्पताल बन्न लागेको हो ।

Advertisement

१९ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । कोशी पारिका क्षेत्रका नागरिकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता अन्त्यका लागि अस्पताल स्थापना गर्न लागिएको पालिका अध्यक्ष राईको भनाई छ । साथै, मुक्लीमा निर्माणाधिन ५० बेडको दुधकोशी सामुदायिक अस्पताल असोज ५ गतेबाट विधिवत रुपमा सञ्चालनमा आउने जानकारी दिए ।

Advertisement

कोशी पारिका नागरिकलाई लक्षित गरेर शुक्रबार पालिका अध्यक्ष राईले लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा, ग्रामीण स्वास्थ्य इकाइ र वडा कार्यालय भवनको उद्घाटन गरेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै