spot_img

साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्ने

spot_img

काठमाडौं । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्ने भएको छ ।

Advertisement

दक्षिण एसियाली फुटबल फेडेरेसनले साफले आइतबार खेलतालिका र समय सार्वजनिक गरेको हो । जस अनुसार समूह बीमा रहेको नेपाल र भुटानबीचको खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । खेल दशरथ रंगशालमा हुनेछ ।

Advertisement

यस्तै समूहको दोस्रो खेलमा नेपालले श्रीलंकासँग भदौ २७ गते खेल्नेछ । नेपाल रहेको समूहमा तीन टोली मात्र छन् ।

Advertisement

नेपालले साफ च्याम्पियनसिपका लागि तयारी सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडी बोलाएर प्रशिक्षण गराइरहेका छन् । समूह ए मा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र श्रीलंका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै