spot_img

सल्लेरी दुर्घटनाका घाइतेमध्ये ३ जना रेफर, २ डिस्चार्ज

spot_img

सोलुखुम्बुको सल्लेरीमा भएको बोलेरो दुर्घटनाका ७ घाइते मध्ये ३ जनालाई रेफर गरिएको छ भने २ जना डिस्चार्ज गरिएको छ ।

Advertisement

मंगलबार साँझ ५ बजे सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा थापाटोलबाट बजार उक्लने क्रममा भएको दुर्घटनाका घाइतेमध्ये महाकुलुङ गाउँपालिका ३ की २१ बर्षीय सृष्ट्रि राई, ओखलढुंगाको मोलुङ गाउँपालिका ७ का ३६ बर्षीय गुरु निमा शेर्पा र महाकुलुङ गाउँपालिका १ की ६९ बर्षीया मनमाया राईलाई थप उपचारका लागि काठमाण्डौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामकिशोर शाहले जानकारी दिए ।

Advertisement

उनीहरुको करङ, ढाडको हड्डी र टाउकोमा गहिरो चोट लागेको छ । गएराती नै एम्बुलेन्सबाट काठमाण्डौँ पठाइएको छ । थुलुङ दुधकोशी गाउँपालिका ८ का २९ बर्षीय विजय राई र महाकुलुङ गाउँपालिका २ का २९ बर्षिय दीप कुलुङलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।

Advertisement

चालक सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका ७ का ३० बर्षीय विशाल खत्री र थुलुङ दुधकोशी गाउँपालिका ८ की ४८ बर्षीय संगित कला राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

महाकुलुङबाट सल्लेरी आउँदै गरेको प्रदेश–३–०१–०२४ च ८८७८ नं.को बोलेरो गाडी सल्लेरी नजिकै थापा टोलबाट बजार तर्फ उक्लने क्रममा दुर्घटनामा परेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै