spot_img

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

spot_img
  • शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् ।

विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ वटा टिमका १५ जनाले अनुमति लिएका छन् । यसमा तीन जना महिला छन् । तीन हिमालमा जारी भएको अनुमतिबाट विभागले १३ लाख ७३ हजार २४२ रुपैयाँ रोयल्टी समेत संकलन गरेको छ । विभागका अनुसार यस सिजनका लागि अर्जेन्टिनाबाट ८, जर्मनीबाट २, इटालीबाट २, जापानबाट २ र स्पेनबाट १ जनाले अनुमति लिएका छन् ।

Advertisement

शरद ऋतुमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोही आउने गर्छन् । यस सिजनमा साना हिमाल चढिसकेपछि वसन्त ऋतुमा सगरमाथाका लागि तयारी गर्नेहरु बढी हुन्छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै