spot_img

राजु ढुंगेलको कमब्याक, ल्याए ‘माइतीघर’ (भिडियो)

spot_img

काठमाण्डौँ । गायक राजु ढुंगेल गायनमा कमब्याम भएका छन् । पाँच बर्ष अघि ‘जोर मादल बज्यो’ पुर्वेली मारुनी भाका सार्वजनिक गरेका गायक ढुंगेलले पछिल्लो पटक मौलिक नौमति बाजामा आधारित ‘माइतीघर’ल्याएका हुन् ।

Advertisement

दिपक खड्काको गीत, राजु ढुंगेलको भाका संकलनमा राजु ढुंगेल र राम कुमार नेपालीको यूगल स्वरमा गीत तयार पारिएको छ । गीतमा सञ्जय श्रीपालको संगीत संयोजन रहेको छ ।

Advertisement

याम गुरुङको निर्देशनमा तयार पारिएको भिडियोमा याम गुरुङको अलवा रिना थापा, प्रवेश थापा र आश्रिना न्यौपानेले अभिनय गरेका छन् । गायक ढुंगेलका अनुसार पुर्वी भेगमा बेहुली अन्माउदा दर्जी दाईले बजाउने विरही नौमति बाजा धुनलाई गीतमा ढालिएको छ ।

Advertisement

गीतलाई लिम्दुमी क्रियशन मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको छ । ढुंगेलले ‘अकबरे सुन’, ‘पुर्वेली कान्छो’, ‘सुपारी जाईको माला’ लगायतका गीत गाएका छन् । जुन सदाबहार गीतहरु हुन् । उनी मादलको कुशल बाद्यबादक पनि हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै