spot_img

‘राई जाति’ नटुक्र्याउन किरायाको माग 

spot_img

काठमाडौँ । किरात राई समुदायको सर्वोच्च संस्था किरात राई यायोक्खा (किराया) ले जनगणनाको विवरणमा राई जातिलाई नटुक्र्याउन माग गरेको छ । आइतबार किराया अध्यक्ष जीवन हाताचो राईको नेतृत्वमा थापाथलीस्थित राष्ट्रिय तथ्यांक कार्यालय पुगेको टोलीले आफ्नो माग दोहोर्‍याएको हो ।

Advertisement

कार्यालयका महानिर्देशक ढुण्डिराज लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष राईले भने, ‘विगतमा हाम्रो तथ्यांक बिगारिएको छ । तथ्यांक कार्यालयजस्तो जिम्मेवार निकायले त्यसरी तथ्यलाई तोडमोड गर्नु निकै दुखद् हो । अबचाहिँ यस्तो नहोस् ।’ ०६८ को ११‍औं जनगणनामा राईभित्रको भाषिक उपजातिलाई छुट्टै जातिको रूपमा सूचीकृत गरिएको स्मरण गराउँदै अध्यक्ष राईले थपे, ‘त्यो गम्भीर त्रुटि थियो । यस्तो गल्ती नदोहोरियोस् भनेर हामीले ध्यानाकर्षण गराएका हौँ ।’

Advertisement
Kirat rai yayokkha Nepalviews 1
राष्ट्रिय तथ्यांक कार्यालयका महानिर्देशक ढुण्डिराज लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै किराया अध्यक्ष जीवन हाताचो राई।

किराया महासचिव भीम राईले पनि ०६८ को जनगणनामा गम्भीर त्रुटिपूर्ण विवरण राखिएको र त्यो किरात राई समुदायलाई मान्य नरहेको बताए । त्यसबेला १२ वटा भाषिक समुदायलाई छुट्टै जातिको रूपमा सूचीकृत गरिएको स्मरण गराउँदै महासचिव राईले भने, ‘१२औं जनगणनामा ११औं जनगणनाको जस्तो गल्ती नदोहोरियोस् । अब राखिने विवरणचाहिँ राम्रोसँग तथ्य विश्लेषण गरेर मात्रै राखियोस् । यो अनुरोध हामी समग्र राई समुदायको तर्फबाट हामी गर्न चाहन्छौँ ।’

Advertisement

महानिर्देशक लामिछानेले विवरण प्रशोधन कार्य सकिएको बताउँदै अन्तिम विवरण मंसिरमा आउने जानकारी गराए । विज्ञ, सरोकारवाला र संवैधानिक आयोगहरूको सहयोगमा यो विषय तथा मागलाई टुङ्ग्याउने महानिर्देशक लामिछानेले बताए ।

किरात राई जातिभित्र २६ भाषा बोल्ने समुदाय छन् । ती भाषाहरूमा थुलुङ पुमा, बान्तावा, दुमी, कोयीरकोयू, चाम्लिङ, वाम्बुले, साम्पाङ, कुलुङ, खालिङ, बायुङरबाहिङ, नाछिरिङ, मेवाहाङ, तिलुङ, दुङ्माली, आठपहरिया, छिन्ताङ, छिलिङरछुलुङ, फाङ्दुवाली, मुगारमुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, जेरुङरजेरो, लुङ्खिम, देवास र नेवाहाङ छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै