spot_img

बालविकास शिक्षकलाई तालिम

spot_img

सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका भित्रका बालविकास शिक्षकहरुका लागि ५ दिने तालिम सुरु गरिएको छ । रीड नेपालको आयोजना एवम् सोताङ तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा ५ दिने प्रारम्भिक बालविकास शिक्षक तालिम वीरेन्द्रज्योति मावि सोताङमा आजबाट सुरु गरिएको छ ।

Advertisement

रीड नेपालका शिक्षा विकास जनकराज जोशीको अध्यक्षता तथा सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतको प्रमुख आतिथ्यतामा संचालन भएको तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष मानवीर राई, वीरेन्द्रज्योति माविका प्रध्यानाध्यापक महाप्रसाद फुयालको उपस्थिति रहेको थियो ।

Advertisement
305368143 4043794335845893 196067456032642606 n

उद्घाटन कार्यक्रममा बोल्दै पालिका सोताङ गाउँपालिका अध्यक्ष बस्नेतले बालविकास विद्यार्थीको जग भएकोले पालिकाले बाल विकास कक्षालाई महत्वपूर्ण रुपमा लिएको र आवश्यक सहयोग गर्ने बताए । सामुदायिक विद्यालय भौतिक अवस्थाले मजबुत रहेकाले कक्षाकोठाको सिकाइ वातावरणमा सुधारका लागि शिक्षक र प्रध्यानाध्यापकले जोड दिनुपर्ने बताए ।

Advertisement

वीरेन्द्रज्योति माविका प्रध्यानाध्यापक फुयालले तालिम बालविकासका शिक्षकलाई अति आवश्यक भएकाले उनीहरुको सेवा सुविधामा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । वडा अध्यक्ष राईले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने हुँदा सिकेका कुरा बालबालिकासम्म पु¥याउन आग्रह गरे ।

305423893 421462650082962 3063747708016945918 n

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगायतका विषयवस्तुमा तालिम संचालन हुने रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

महाकुलुङ र सोताङका १६ विद्यालयका २१ जना शिक्षकहरुको उपस्थिति रहेको तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास अधिकृतद्वय जनकराज जोशी र सुजता राईले गरिरहेका छन् । रीड नेपालले सोलुखुम्बुका एक सय शिक्षकहरुलाई सोही प्रकृतिका तालिम दिने योजना बनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै