spot_img

फेसबुकको माउ कम्पनी मेटाको शेयरमा भारी गिरावट

spot_img

फेसबुकको माउ कम्पनी मेटाको शेयरमा भारी गिरावट आएको छ । बुधबार मेटाको शेयरमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको हो ।

Advertisement

हालै नाम परिवर्तन गरेको मेटाले आम्दानी घटेको र प्रयोगकर्ताको संख्या नबढेको जानकारी गराएलगत्तै कम्पनीको शेयरमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

Advertisement

त्यस्तै, मेटाभर्स नामक परियोजनामा निकै लगानी बढाएका कारण र विद्यमान सेवामा विज्ञापनसम्बन्धी चुनौतीले गर्दा लगानीकर्ताहरूले फेसबुकको शेयर बेच्न थालेका हुन् ।

Advertisement

मेटाले गत वर्षको त्रैमासिकमा १०.३ बिलियन डलर आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिमा भएको आम्दानीभन्दा ८ प्रतिशतले कम हो । मेटाले भीआर र एआर प्रविधिमा ठूलो लगानी गर्न थालेपछि आम्दानी घटेको हो ।

आम्दानी घटेको सार्वजनिक भएसँगै बुधबार मेटाको शेयरमा झण्डै २३ प्रतिशतले गिरावट आएको सीएनएनले जनाएको छ ।

फेसबुकले आफ्नो आम्दानीका लागि साना तथा मझौला व्यवसायमाथि निर्भर हुँदै आएको छ । तर त्यस्ता व्यवसायको आपूर्ति चक्र अवरुद्ध हुँदा यसको असर विज्ञापनमा देखिन थालेको छ । यही कारण फेसबुकले विज्ञापनको चुनौती समेत सामना गरिरहेको छ ।

मेटाका अधिकारीले एप्पललाई आईओएसमा परिवर्तन गरेपछि विज्ञापनमा चुनौति थपिएको बताइरहेका छन् । त्यस्तै, व्यापारिक गतिविधि अवरुद्ध हुँदा विज्ञापनदाताको बजेटमाथि नकरात्मक असर परेको मेटाका सीएफओ डेभ वेहनरको भनाइ छ ।

फेसबुकले सामना गरेको अर्को समस्या भनेको प्रयोगकर्ता नबढ्नु हो । मेटाका अनुसार  गत वर्षको अन्तिम त्रैमासिकमा फेसबुकका प्रयोगकर्ता केही घट्न पुगेका थिए । प्रयोगकर्ता नबढ्दा विज्ञापन पनि कम मानिसले हेर्ने भएका कारण यसको असर शेयरमा परेको हो । साथै, टिकटक जस्ता प्रतिस्पर्धीले समेत फेसबुकसमक्ष चुनौती थपिदिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै