spot_img

नेचासल्यानमा नवनिर्वाचित जनप्रतिनिधिले गरे जनमुखी निर्णय, बालिका जन्मेपछि खातामा २ हजार

spot_img

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि जनमुखी निर्णय गरिएको छ । गाउँपालिका अध्यक्षमा धनजन राई र उपाध्यक्षमा विना राई चयन भएपछि जनताले प्रत्यक्ष लाभ लिन सक्ने विषयमा निर्णय गरिएको हो ।

Advertisement

नेचासल्यान गाउँपालिकाले बालिका बचत खाता सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको गाउँपालिका बैठकले २०७९ जेठ १ गते पश्चात नेचासल्यान गाउँपालिकामा स्थायी ठेगाना भएका दम्पतिबाट जायजन्म भएका बालिकाहरुको जन्मेको ३ महिना भित्र जन्मदर्ताको आधारमा गाउँपालिकाको अनुदान नगद २ हजारबाट बालिका बचत खाता सञ्चालन गर्ने तथा बजेट व्यवस्थापनका लागि कार्यपालिकामा अनुरोध गर्ने निणर्य गरेको हो ।

Advertisement

त्यस्तै, नेचासल्यान गाउँपालिकाको प्रशासनिक भवन निर्माणका निम्ती निःशुल्क जग्गा प्राप्तीका लागि पहल गर्न कार्यपालिका बैठकमा सिफारिस गर्ने, सुत्केरी तथा गर्भवति महिलाहरुको जटिल स्वास्थ्य उपचार गर्न स्वस्थ्य केन्द्र नेचा, जिल्ला अस्पताल, ओखलढुंगा मिसन र रुम्जाटार अस्पताल लैजानुपर्ने अवस्थामा स्वास्थ्यकर्मीको सिफारिसमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निणर्य गरिएको गाउँपालिकाकी उपाध्यक्ष विना राईले जानकारी दिईन् । स्थानिय तहको निर्वाचनको समयमा गाउँटोलमा पुगेर गरिएका प्रबितद्धतालाई कार्यान्वयन गर्न थालेको उनको भनाई छ ।

Advertisement

नेचासल्यान गाउँपालिका तथा कार्यपालिकाको कार्यालय अन्तरगतका कार्यहरु पारदर्शी, जनमुखी तथा दिगो विकासमा जोड दिने एवं नियमीतसम्मत रुपमा नागरिकबाट माग भएका सुनचाहरु उपलब्ध गराउने निर्णय गरिएको छ ।

पालिकाबासीले विद्युत महसुल बुझाउन सल्लेरी जानुपर्ने बाध्यतात्मक स्थिती रहेकाले नेचामै ग्राहक सेवा केन्द्र स्थापना गर्न पहल गर्ने र नेचासल्यान गाउँपालिकामा वडास्तरिय न्यायिक समितिको सक्रियता बढाउन वडास्तरिय समितिका पदाधिकारीलाई पुर्नताजकी तालिम सञ्चालन गर्न तथा दशौ गाउँ सभाबाट न्यायिक समितिमा मेलामिलाप शुल्क १ हजार कायम गरिएकोमा मेलामिलाप शुल्क नि:शुल्क गर्ने व्यवस्थाका लागि गाउँकार्यपालिकामा सिफारिस गर्ने निणर्य गरिएको गाउँपालिकाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै