spot_img

नेचासल्यानमा क्लोथ बैँक स्थापना

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ‘क्लोथ बैँक’को अवधारणा कार्यान्वयनमा ल्याइएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान, नेपालले नेचासल्यानमा सुरु गरेको अभियानको शनिबार पालिका उपाध्यक्ष बिना राईले उद्घाटन गरेकी हुन् ।

Advertisement

‘हुनेले दिनुस्, जरुरी हुनेले लिनुस्’ भन्ने मुल नाराका साथ सुरु भएको अभियानमा २५० जनाले कपडा लिएको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिए । जिल्लामै पहिलो पटक सुरु गर्न लागेको क्लोथ बैकंमा कपडा हुनेहरुले दान गर्न सक्ने छन् भने आवश्यक हुनेले लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

Advertisement

अभियानको पहिलो दिन स्थानीय रविलाल जमरकट्टेलले ७२ हजार ३ सय ५०, रमेश केसी जमरकट्टेल र राजु राउतले ३७ हजार २ सय ७५ हजार बराबरको कपडा अभियानलाई सहयोग गरेका छन् ।

Advertisement

यस्तै उदयपुर कटारीका दिलदार हुसेनले ६५ थान, स्थानीय विनोद पुरूष भारद्वाजले १०० थान, गिता बास्तोलाले ८० थान, गोपाल बास्तोलाले २४ थान, छवि जमरकट्टेलले २० थान, राजेश जमरकट्टेलले १५ थान, रोहित आचार्य ३३ थान, सल्लेरीका शिव कार्कीले ८ थान, स्गथानीय कमला खनालले ७ थान, रोहन राई १० र हेम भट्टराईले २७ थान कपडा सहयोग गरेको प्रतिष्ठानका महासचिव जमरकट्टेलले जानकारी दिए ।

निरन्तर चल्न यस अभियानलाई सहयोग गर्न चहाने र लाभ लिनेले प्रतिष्ठानलाई सम्पर्क गर्न सकिने जनाइएको छ । कतिपय नागरिकहरुसँग प्रशस्त कपडा भएपनि कतिपय अभावले समस्या झेल्न बाध्य भएकाकाले यो कदम चालिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद जमरकट्टेलको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बिना राईको प्रमुख आतिथ्यतामा नेचासल्यान ३ स्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको हो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै