spot_img

देशभरका संस्थामा रीड नेपालको योगदानको कदर, पायो दिगो विकासका लागि ‘जीवन विकास पुरस्कार’

spot_img

सोलुखुम्बु – दिगो विकासको चौथो लक्ष्य अन्तर्गत गुणस्तरीय शिक्षाको उद्देश्य पुरा गर्ने कार्यमा अतुलनीय योगदान पु¥याए वापत ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रीड नेपाल पुरस्कृत भएको छ ।

Advertisement

२०७७ सालमा जीवन विकास समाजले दिगो विकासका क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्याउने उद्देश्यले सो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने देशभरका गैरसरकारी संघ संस्था, सामुदायिक शैक्षिक संस्था तथा पत्रकारलाई प्रतिस्प्रर्धामा भाग लिन आवेदन माग गरेअनुसार प्रतिस्पर्धामा उत्रिएको रीड नेपाल पहिलो विधा अन्तर्गतको ५ लाख सहित पुरस्कृत भएको हो । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार वितरण गरेकी हुन् ।

Advertisement

रीड नेपालकी अध्यक्ष निरा शाक्य र प्रमुख कार्यकारी अधिकृत भिमबहादुर बोगटीले पुरस्कृत रकम र सम्मान ग्रहण गरेको रीड नेपाल सोलखुुम्बुका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए । रीड नेपाल दुई दशकदेखि हिमाली तथा दुर्गम जिल्लाहरुका ग्रामीण भेगको गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै