spot_img

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

spot_img

काठमाडाैं । देशका केही स्थानमा आज (आइतबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ ।

Advertisement

नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे हाे। बाँकी प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

Advertisement

आइतबार बिहान देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

Advertisement

आइतबार दिउँसो भने  प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली हुने भएकाे छ। अन्य प्रदेशमा भने आंशिक बदली रहनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आइतबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ । अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । साथै बाँकी भू-भागमा आंशिकदेखि मौसम सफा रहनेछ । साथै प्रदेश-१ र मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुने भएकाे छ ।

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै