spot_img

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

spot_img

काठमाडाैं । देशका केही स्थानमा आज (मंगलबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ ।

Advertisement

हाल देशका प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव परेकाे छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

Advertisement

मंगलबार बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली भएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। गण्डकी, बाग्मती, मधेश प्रदेश तथा प्रदेश-१ का केही स्थानमा मेग गर्जन चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

Advertisement

मंगलबार दिउँसोभने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा आंशिकदेखि मौसम सफा रहनेछ । प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश,   गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। प्रदेश-१ तथा मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मंगलबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली हुने भएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१,  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश-१ का केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै