spot_img

थुलुङ दुधकोशीमा जैविक मल कारखाना स्थापना गरिने

spot_img

सोलखुुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना गरिने भएको छ । कारखाना स्थापनाको लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्ट बिच आइतबार (आज) सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

सम्झौता पत्र अनुसार पहिलो पक्ष भनिएको गाउँपालिकाले १० लाख रकम व्यवस्था गरि भवन निर्माण गर्ने छ भने दोस्रो पक्षले सम्झौता अवधीमा एक जना पुर्णकालिन कर्मचारीको व्यवस्था गरि आवश्यक सीप तथा औजार सामाग्री हस्तान्तरण गर्ने छ ।

Advertisement

यस्तै जैविक मलको ब्रान्ड र बजारीकरण समेत गरिनेछ । कार्यक्रममा महिला उद्यमसिलतामा जोड दिइने गाउँपालिका अध्यक्ष असिम राईले बताए । उनका अनुसार उद्यमसिलता बिकासको लागि पाँच जना महिलालाई १ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।

Advertisement

उक्त कार्यको दायित्व दोस्रो पक्षको रहने बताइएको छ । २०८२ सालको पुस मसान्तसम्म उक्त कार्य पूरा गरि गाउँपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

आइतबार गरिएको सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष असिम राई र डेभलपमेन्टका अध्यक्ष माधवि मगरले हस्ताक्षर गरेका छन् । जैविक मल निर्माण पश्चात् यहाँको कृषि उत्पादन सङ्गै आयअर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । Himalsamachar

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै