spot_img

थुलुङ दुधकोशीबासीको रोजाईमा असिम र सविता, दिए अत्याधिक मत

spot_img

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । ९७८८ मत खसेको थुलुङ दुधकोशीमा ५ सय बढि मतान्तरसहित अध्यक्षमा असिम राई र करिब ३ सय मतान्तरले उपाध्यक्षमा सविता राई निर्वाचित भएका छन् ।

Advertisement

राईले ४०४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३५११ मत पाए । एमालेका आङबाबु राई १६०१ म्तमा समेटिए । उपाध्यक्षमा सविता राईले ३८०० मत प्राप्त गर्दा कांग्रेसकी एका कुमारी कार्कीले ३५२३ मत ल्याइन् । एमालेकी कल्पना गिरी १७४६ मतमा समेटिन् ।

Advertisement

२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट असिम राई र कांग्रेसबाट सविता राई पालिकाको नेतृत्वमा पुगेका थिए । उनीहरु दुवै दोस्रो पटक थुलुङ दुधकोशीको नेतृत्वमा दोहोरिएका छन् । विजयी बनेपछि अध्यक्ष राईले काम र जनसेवामा प्रतिबद्धता जनाएका छन् ।

Advertisement

पालिकामा माओवादी केन्द्रको नेतृत्व आउँदै गर्दा ५ वडामा समेत जित निकालेको छ । वडा नं २, ५, ७, ८ र ९ मा माओवादी केन्द्रका वडाअध्यक्ष निर्वाचित भएका छन् । काँगेलमा यूजन बस्नेत, जुबुमा चन्द्र बहादुर राई, देउसा ७ भोजराज कार्की, देउसा ८ मा राजेश किराँती र लोखिममा सन कुमार तामाङ निर्वाचित बनेका छन् ।

९ वडा रहेको थुलुङ दुधकोशीमा ४ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेलेमा घनराज सुनुवार विजयी भएका छन् । उनी २०७४ को निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । पन्चनमा इन्द्रमणी दाहाल ९राजन०, जुबु ४ मा श्याम गुरुङ, मुक्लीमा महेन्द्रदीप राई निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा काँगेलमा जित हात पारेको एमाले यो पटक रित्तो बनेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै